काठमाडौं : प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश/बोनस शेयर नदिने घोषणा गरेको छ ।
फागुन ८ गते साँझ बसेको २७७ औं बोर्ड बैठकले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)को आधारमा आर्थिक वर्ष २०७५र७६ को वित्तीय विवरण तयार पार्दा मुनाफाबाट लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने भएको उल्लेख गर्दै सो आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

लाभांशकै आशामा यो कम्पनीको सेयर मूल्य दोश्रो बजारमा एक महिनाको अवधिमा प्रतिकित्ता ५०० रुपैयाँबाट बढेर ७०० माथि पुगिसकेको छ । यद्यपि यो घोषणापछि प्रिमियर इन्स्योरेन्सको शेयरमा भारी गिरावट आएको छ । यो समाचार तयार पर्दासम्म ४७ अंकको गिरावट आइ ७०८ मा कारोबार भइरहेको छ।
लाभांशको आशामा यो कम्पनीको सेयरमा लगानी गरेका लगानीकर्ताहरु शेयरमा आएको गिरावटका कारण थप निराश छन ।