काठमाडौं : आज देशभरका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको हुने सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेकाले देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली को अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै भोली मंगलबार फागुन १३ गते पनि देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।
देशका केहि स्थानहरुमा मेध गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पर्सी बुधबार फागुन १४ गतेसम्म नै मौसममा आंशिक बदली देखिने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।