काठमाडौं : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्न बुकक्लोजको मिति सार्वजनिक गरेको छ ।
कम्पनीले फागुन २२ गते एक दिनको लागि बुकक्लोज गर्न लागेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद निष्काशन प्रयोजनको लागि सो दिन बुकक्लोज गर्न लागेको हो।

हिजो सोमबार फागुन १२ गते बसेको सञ्चालक समितिको १५६ औँ बैठकले सो निर्णय गरेको हो। इन्स्योरेन्सको ९ औँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।
इन्स्योरेन्सले प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।