काठमाडौं : देशका अधिकांश भागमा मौसममा बदली भइ यतिवेला हल्का वर्षा भइरहेको छ ।
देशमा पुर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण अहिले पनि मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यका र भक्तपुरको तापक्रम यतिबेला १४ डिग्री सेल्सियस रहेको छ भने आज हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै पोखरामा अहिले पानी छिट्टयाइरहेको समाचार छ ।
अत्यधिक चिसो मौसम रहेको जुम्लामा भने हल्का हिमपात भइरहेको छ ।
त्यस्तै भोली फागुन १५ गते बिहिबार देशको पश्चिमी भू(भागमा सामान्य बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ भने फागुन १६ गते शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।