काठमाडौं : नेकपाको केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरपछि बैठक बस्न लागेको हो।
बैठकमा प्रस्तुत हुने ऐजेण्डाका विषयमा भने अध्यद्वयले कुनै जानकारी नगराएका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।
अर्का एक नेताका अनुसार आजको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट कसरी पारित गराउने भन्ने विषयमा छलफल हुने भएको छ ।
साथै आज संविधान संशोधन, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण लगायतका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।
Facebook Comments Box