काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रमको आयोजना गरी ढकालले औपचारिक रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
उम्मेद्वारी घोषणा गर्ने क्रममा उनले करका कानुनहरु सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको व्यवस्थामा परिवर्तन गर्नुपर्छ । करका विविधताको कारण उद्योग व्यवसायीहरु मारमा परेका छन् । कर कानुनहरुको सुधार गर्नुपर्ने अवस्था छ ।’
यस्तै उनले भिसिटिएस र अनिवार्य प्यानले साना तथा मझौला व्यवसायी मारका परेको भन्दै त्यसको समस्या समधानका माध्यमहरु खोजिनु पर्ने बताए ।
विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला ठूला मेगा इभेन्ट गर्नुपर्ने बताउँदै उद्योगी व्यापारीहरुले विदेशी लगानीकर्तालाइ नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्नेमा जोड दिए ।
पूर्व अध्यक्ष सुरज बैद्य, चण्डिराज ढकाल र महासंघका ५ वटा प्रदेशका अध्यक्षहरुको उपस्थितिमा ढकालले बरिष्ठ उपाध्यक्षमा उमेद्वारी घोषणा गरेका हुन्।