Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, पछौटेपनबाट आधुनिक नेपालमा बदल्नुपर्छ’

    ‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, पछौटेपनबाट आधुनिक नेपालमा बदल्नुपर्छ’

    पहिलोक्लिकपहिलोक्लिकAugust 4, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् ।

    उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए ।

    नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “विमस्टेकमा आउन लाग्नु भएका राष्ट्र प्रमुखहरुसँग सामूहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्र्छौं ।”

    प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नुपर्ने समय आएको बताए । “नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरीब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “नेपालको पुरानो परिचय बदल्न उद्यमी व्यवसायीले योजना ल्याएमा सरकारको साथ सहयोग हुनेछ ।”

    प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नुपर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताए । “हामी आर्थिक परिर्वतन त भनिरहेका छौँ तर त्यो बाटो पक्रिरहेका छैनौँ” प्रधानमन्त्री ओलीले भने “सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ, यसमा कृषिलाई पनि जोड्नु पर्दछ ।”

    “देशलाई स्थिरता चाहिएको छ, जनताले स्थिरताको अपेक्षा गरेका छन्, वर्तमान सरकार अगाडि नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार होइन” उनले भने । “जनताले स्थिरताका लागि पनि गतिशील सरकारको अपेक्षा गरेका थिए । त्यो पूरा भएको छ, अब सरकारले जनताका तिनै अपेक्षाबमोजिम काम गर्छ” प्रधानमन्त्री ओलीले भने ।

    उद्योगको स्थापना र सञ्चालनका लागि जे जति सहुलियत दिन सकिन्छ, त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । सरकारले दोहोरो, तेहोरो कर नलिने प्रधानमन्त्रीले बताए । व्यवसायीहरुले कर वृद्धिको विषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस विषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था हटाइने बताए ।

    सो अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालीन र दीर्घकालीन कामका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    Facebook Comments Box

    व्यापार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.