काठमाडौं : ७० करोड कमिसन काण्डका कारण पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जिल्ला अदालत काठमाडौंमा उजुरी दिएका छन ।
उनले आज सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै लेखेका छन, म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।
उनले आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जती सम्बन्धि उजुरी दर्ता गराएको समाचार छ ।
Facebook Comments Box