काठमाडौँ: सुनको भाउ लगातार ओरालो लाग्न थालेको छ। कोरोना भाइरसका कारण उकालो लागेको सुनको भाउ शुक्रबारदेखि घट्न थालेको छ।
आइतबार तोलामै सुनको भाउ १२ सय रुपैयाँले ७८ हजार रुपैयाँमा आएको छ। शुक्रबार तोलाको ७९ हजार २ सय रुपैयाँ थियो।
डलरको भाउ बढेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेको हो। त्यसले नेपाली बजारमा पनि मूल्य घटाउन सहयोग गरेको हो ।
त्यसैगरि चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा आइपुगेको छ। शुक्रबार चाँदी तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा शक्रबार सुन प्रतिऔंस १५६६.७० डलरमा कारोबार भएको थियो।
Facebook Comments Box
