काठमाडौँ: राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो ।
१५ औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो । बैठकले आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको आयोगमा एक सदस्यले बताए ।
बैठकमा ओलीले रोजगारी सृजना नगरी गरिवी निवारण गर्न नसकिने भन्दै रोजगारी उपलब्ध हुने योजनाहरु कार्यान्वयनमा ल्याउनु पर्ने बताए।
उनले उत्पादन र उत्पादकत्व बढाउने खालका योजनाहरु अगाडि सार्नु पर्ने भन्दै विकास निर्माणलाई तीब्रता दिन पनि निर्देशन दिए।
१५औं योजना आगामी ५ बर्षका लागि तयार पारिएको हो। गत जेठमा यसको आधारपत्र पारित भएको थियो। १५औं योजनामा भएका कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै उपलब्धि हासिल गर्न अर्थमन्त्रालयले बजेटमा योजना ल्याउने गर्छ।
१५औं योजनाले प्रति ब्यक्ति आय १५ सय डलरमा पुर्याउने लक्ष्य राखेको छ। यसैगरी गरिवीको रेखामूनि रहेकाहरुको संख्या एकल अंक (प्रतिशत) मा ल्याउने योजना पनि अगाडि सारेको छ।
