Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अत्यावश्यक काममा बाहेक विदेश नजान र सबैलाई सावधान रहन सरकारको आग्रह

    अत्यावश्यक काममा बाहेक विदेश नजान र सबैलाई सावधान रहन सरकारको आग्रह

    पहिलोक्लिकपहिलोक्लिकMarch 3, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष पूर्वसावधानी अपनाउन आह्वान गर्दै त्यस्तो आग्रह गरेको हो ।

    अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको छ ।

    त्यसैगरी विवाह, ब्रतबन्धलगायत सामाजिक संस्कारलाई पारिवारिक जमघटमा सीमित राख्न, सभा, सम्मेलन नगर्न, भीडभाडमा नबस्न, लामो समय बाहिर नहिँड्न, सुरक्षा मास्क तथा सम्पूर्ण पूर्वसावधानी र सतर्कता अपनाउन आम नागरिकमा सरकारले अनुरोध गरेको छ । साथै सरकारले सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको छ भने आआफ्नो तहबाट सुरक्षाका सबै उपाय अपनाउन र सचेत रहन आग्रह गरेको छ ।

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन भएको र त्यसले सक्रियताका साथ पूर्वतयारी, आपत्कालीन अवस्था उत्पन्न भएमा गर्नुपर्ने व्यवस्थापकीय कार्यलगायतको विश्लेषण, मूल्याङ्कन र भावी रणनीतिबारे सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

    विश्वस्तरको संवादमञ्च सगरमाथा संवाद कार्यक्रम स्थगन भएको जानकारी दिन आज अपराह्न आफ्नै मन्त्रालयमा गर्नुभएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीका विविध जिज्ञासाको जवाफ दिने क्रममा कोरोनाबाट बच्न सरकारीस्तरबाट भएका प्रयासबारे उहाँले जानकारी दिनुभएको हो ।

    परराष्ट्र मन्त्रीले खरिपाटीको क्वारेन्टाइनलाई नियमित गर्ने बताउँदै हाललाई कम्तिमा १०० श्याको ‘आइसोलेसन बार्ड’ को प्रबन्ध मिलाइएको तथा आपत्कालीन अवस्थामा सबै अस्पताललाई तयारी हालतमा रहन आग्रह गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

    विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने परिस्थिति उत्पन्न भएमा भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई नियमित गर्ने तथा काठमाडौँ उपत्यका तथा प्रदेशमा रहेका सरकारी–निजी अस्पताल, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई ‘ आइसोलेसन वार्ड’ को प्रबन्ध मिलाउन र तयारी अवस्थामा रहन निर्देशन सरकारले दिएको छ ।

    त्यसैगरी विदेशस्थित ३० वटा नेपाली दूतावास, राष्ट्रसङ्घका लागि तीनवटा नियोग र छ वटा महावाणिज्य दूतावासलाई सतर्क रहन र उद्धार एवं समन्वयका लागि अहोरात्र खट्ने गरी प्रबन्ध मिलाउन निर्देशन दिइएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

    दुबइबाट तीस नेपाली फर्काइए

    विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० जना नेपालीलाई संयुक्त अरब इमिरेट्सको दुबइबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएको उहाँले बताउनुभयो । कोरोनाको उच्च जोखिम रहेको नेपालबाट गएका उनीहरूलाई पूर्व सावधानीस्वरुप त्यहाँको सरकारले फर्काएको हुनसक्ने उहाँले बताउनुभयो ।

    आगमन प्रवेशाज्ञा नदिइने

    विश्वका विभिन्न देशमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला सङ्क्रमण देखिएका देशबाट नेपाल आउने पर्यटकलाई ‘अनअराइभल भिसा’ जारी नगर्ने निर्णय पनि सरकारले गरेको छ । यही फागुन २७ गतेदेखि उक्त निर्णय लागू हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

    चीनका लागि राजदूत सिफारिस

    मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिँदै राजदूत रिक्त रहेका अन्य देशमा अब हुने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताउनुभयो ।
    पूर्व प्रशासकभन्दा उच्च राजनीतिकस्तरमा भएको यो सिफारिसलाई अन्यथा लिन नहुने भन्दै उहाँले चीनसँगको सम्बन्धलाई थप उचाइमा पु¥याउन राजनीतिकतहको उच्च व्यक्तित्वको सिफारिसबाट बल पुग्ने भएकाले पूर्वमन्त्री पाण्डेलाई सिफारिस गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

    एमआरपीलाई ग्लोबल टेण्डर

    यसैगरी मेसीन रिडेबल पासपोर्ट ( एमआरपी ) छाप्न सरकारले आजै ग्लोबल टेण्डर आह्वान गरेको मन्त्री ज्ञवालीले जानकारी दिनभयो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.