काठमाडौं: बिगत केहि समयदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले पुन: बढ्न थालेको छ ११४/११५ रुपैयाँको हाराहारीमा रहेको डलरको भाउ आज ११७ रुपैयाँ ६१ पैसामा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
एक हप्ता अघिसम्म डलरको भाउ ११५ रुपैयाँ रहेको प्रति डलर २ रुपैयाँले बढेर ११७ रुपैयाँ पुगेको हो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण भएपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ।
यसरी नेपाली रुपैयाँ कमजोर हुँदा आयात महँगो हुने हुँदा आयातित बस्तुको मुल्यमा चाप पर्ने छ । डलर मजबुत हुँदा रेमिट्यान्स आयमा वृद्धि हुन्छ।
