काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्य पुन बढेको छ । प्रतितोला सुनको मूल्य आज एकै दिन प्रति तोला एक हजार ८०० रुपैयाले बढेर ८२ हजार ५०० सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
बुधबार प्रतितोला दुई हजार २०० सय रुपैयाँले बढेको सुनको मूल्य बिहिबार प्रतितोला २०० रुपैयाँले बढेको थियो ।
कोरोनाको असर विश्व अर्थचन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी तेज रत्न शाक्यले बताए । मूल्य आकासिए पछि बजारमा ग्राहक चहल पहल सून्य भएको उनले बताए ।
Facebook Comments Box
