Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोरोना भाइरस सङ्क्रमण: विश्वका १०० भन्दा बढी मुलुकमा, तीन हजार ५९५ को मृत्यु

    कोरोना भाइरस सङ्क्रमण: विश्वका १०० भन्दा बढी मुलुकमा, तीन हजार ५९५ को मृत्यु

    पहिलोक्लिकपहिलोक्लिकMarch 9, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ ।

    डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको बिषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण शनिबारसम्म एशियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ ।

    त्यस्तै यूरोपमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा छ हजार १५८ सङ्क्रमित व्यक्ति रहेका छने भने १४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल २७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

    चीनमा नयाँ सङ्क्रमण र मृत्युदर घट्ने क्रम जारी

    सबैभन्दा पहिले कोभिड–१९ को सङ्क्रमण भएको भनिएको मुख्यभूमि चीनमा डिसेम्बरदेखि शनिबारसम्ममा ८० हजार ६९५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ भने यसबाट सो अवधिमा यहाँ तीन हजार ९७ जनाको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेपछि करिब १८ घण्टाको अवधिमा चीनमा थप सङ्क्रमितको सङ्ख्या ४४ रहेको छ भने यही समयमा कोरोना सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । चीनमा करिब २० दिन पहिले सङ्क्रमणका कारण एकै दिनमा दुईसय भन्दा बढीको मृत्यु हुने गरेको थियो ।

    अहिलेसम्म चीनबाहिर सङ्क्रमितको सङ्ख्या २५ हजार १४१ रहेको छ भने ४९८ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबार साँझ ५ बजेपछि समाचार तयार पार्दासम्म करिब १८ घण्टामा विश्वभर थप ८८९ जनामा सङ्क्रमण पुष्टि भएको र यो समयमा १२ जनाको मृत्यु भएको बताइएको छ ।

    कोरोनाभाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकहरूमा क्रमशः दक्षिण कोरिया, इटली, इरान, फ्रान्स र जर्मनी रहेका छन् ।

    दक्षिण कोरियामा सात हजार ३१३ सङ्क्रमित रहेका छन् भने ५० जनाको मृत्यु भएको छ । इटलीमा पाँच हजार ८८३ सङ्क्रमित भएका छन् भने २३३ को मृत्यु भएको छ । इरानमा पाँच हजार ८२३ जनामा सङ्क्रमण पुष्टि भएकोमा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै जापानमा शनिबारसम्म फ्रान्समा ९४९ सङ्क्रमितमध्ये १६ जनाको अहिलेसम्म मृत्यु भएको छ ।

    जर्मनीमा फेब्रुअरीको अन्तिम दिनसम्म ६६ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या त्यसपछिको एक हप्ताको अन्तरालमा ६८४ पुगेको छ भने जापानमा विदेशी एक पानी जहाजमा सङ्क्रमण भेटिएका यात्रुबाहेक कूल ४३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    दक्षिण कोरियामा मृत्यु सङ्ख्या नियन्त्रणमा

    दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण विगत २४ घण्टामा थप २७२ व्यक्तिमा पुष्टि भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । यससँगै दक्षिण कोरियामा यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात हजार ३१३ पुगेको छ । विगत एक सातालाई मुल्याङ्कन गर्दा कोरियामा नयाँ सङ्क्रमणदरमा निकै कमी देखिएको उल्लेख छ । यहाँ गत साताको मध्यतिर सङ्क्रमण दर दैनिक ५०० भन्दा बढी रहेको थियो ।

    कोभिड–१९ पनि भनिने यो भाइरसका कारण उक्त समयमा कसैको पनि मृत्यु नभएको दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार कोभिड–१९ सङ्क्रमणका कारण देशभर ३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वव्यापी चिन्ताको बिषय बनेको यस भाइरसको सङ्क्रमणका कारण भएको मृत्यु दर ०.७ रहेको छ ।

    दक्षिण कोरियाको डेगु सहर र उत्तरी ग्योङसाङ प्रान्तमा मात्र सात हजार १०३ व्यक्तिमा सङ्क्रमण भेटिएको छ । यो दक्षिण कोरियामा सङ्क्रमितमध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति यिनै दुई स्थानका व्यक्तिहरू रहेका छन् । राजधानी सियोल र ग्योङ्गी प्रान्तमा क्रमशः १२० र १४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । दक्षिण कोरियाले देशलाई कोरोनाभाइरस सङ्क्रमणका कारण देशभर स्वास्थ्य आपत्कालको घोषणा गरी नियन्त्रण प्रयास गरिरहेको छ ।

    करिब २५ लाख जनसङ्ख्या रहेको डेगुलाई दक्षिण कोरियामा भाइरस सङ्क्रमणको उद्गमस्थल मानिएको छ भने सरकारले यस क्षेत्रलाई सङ्क्रमण खतराका दृष्टिकोणले ‘विशेष क्षेत्र’ घोषणा गरी नियन्त्रण अभियानमा जुटेको छ ।

    डेगुमा रहेको धार्मिक अल्पसङ्ख्यक समुदाय सिन्चोन्जीबाट चर्चमा प्रार्थनाका लागि पुगेका व्यक्तिबाट यो सङ्क्रमण फैलिएको विश्वास गरिएको छ ।

    दक्षिण कोरियामा सङ्क्रमितमध्ये ७९.४ प्रतिशत व्यक्तिमा सामुहिकरूपमा सङ्क्रमण भेटिएको र यसको ६२.८ अर्थात् चार हजार ४८२ सङ्क्रमित व्यक्ति सिन्चोन्जी समुदायका रहेको कोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

    कोरियामा जनवरी ३ देखि सङ्क्रमण परीक्षण सुरू गरिएको र मार्च ७ सम्ममा एक लाख ८८ हजारमा सङ्क्रमण जाँच भएको र यसमध्ये एक लाख ६२ हजार व्यक्तिमा सङ्क्रमण देखिएको छैन । बाँकी १९ हजारमध्ये सात हजार ३१३ मा सङ्क्रमण पुष्टि भएको छ भने केहीको परीक्षण रिपोर्ट आउन बाँकी छ । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा आधारित)

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.