Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोरोना असर : पर्यटन व्यवसाय प्रभावित

    कोरोना असर : पर्यटन व्यवसाय प्रभावित

    पहिलोक्लिकपहिलोक्लिकMarch 10, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    पोखरा : पोखराका होटल विगतमा यो बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुन्थे। यसपटक साना–ठूला होटलमा गरी १५ प्रतिशत मात्र पर्यटक पोखरामा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन्। चीनलगायत मुलुकमा कोरोना भाइरस संक्रमणको प्रभाव यहाँ परेको हो।

    अंग्रेजी महिना मार्च, अप्रिल, मे पदयात्राको सिजन हो। यो बेला युरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउने गर्छन्। पहिल्यै आएका युरोपेली, अमेरिकी ८ प्रतिशत, भारतीय ४ र बाँकी अन्य मुलुकका र आन्तरिक पर्यटक रहेको उनी सुनाउँछन्।

    नयाँ पर्यटक नआउने र भएका पर्यटक फर्किने भएकाले पर्यटन बजार शून्यमा पुग्नेप्रति चिन्ता बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेल बताउँछन्। बैंकको चर्को ब्याजदरका कारण पनि मर्कामा परेको व्यवसायीले बताएका छन्।
    टान पश्चिमाञ्चल पोखराका पूर्वअध्यक्ष दीपकराज अधिकारीका अनुसार अन्नपूर्ण पदयात्राको अग्रिम बुकिङ रद्द गर्ने क्रम चलिरहेको छ। पर्यटकले मार्च दोस्रो सातादेखिका ९० प्रतिशत बुकिङ रद्द गरेको उनको भनाइ छ। रेस्टुराँ व्यवसायमा पनि असर पर्न थालेको रेबान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बराल सुनाउँछन्।

    अन्नपूर्ण पदयात्रा क्षेत्रको अवस्था चिन्ताजनक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख ऋषि बराल बताउँछन्। उनका अनुसार माघमा अघिल्लो वर्षको तुलनामा आधा कम पर्यटकले पदयात्रा गरे। फागुनमा पनि पर्यटक आगमन निराशाजनक रहेको उनी सुनाउँछन्।

    पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि पर्यटन क्षेत्रमा व्यवसायीले ठूलो लगानी गरिरहेका छन्। एउटै होटलमा २५–३० करोडदेखि १ खर्बसम्म लगानी रहेको पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुली सुनाउँछन्। पर्यटक नआउने अवस्था रहेकाले बैंकको ब्याज तिर्न मात्र होइन, विद्युत्, खानेपानी, कर्मचारीको तलब दिन समस्या पर्ने अवस्था आएको व्यवसायीले बताएका छन्।

    पोखरामा ७ सय ५० होटल सञ्चालनमा छन्। तीमध्ये पश्चिमाञ्चल होटल संघमा ४ सयभन्दा बढी होटल आवद्ध छन्। पर्यटकीय सुविधासम्पन्न होटलमा ३० हजारभन्दा बढी बेड संख्या रहेको संघका अध्यक्ष तुलाचनको भनाइ छ। उनका अनुसार होटलमा मात्र २ खर्ब लगानी छ। ‘पोखराको पर्यटन क्षेत्रमा ४ खर्ब लगानी छ’, उनी भन्छन्, ‘यहाँका होटल, रेस्टुराँ, साहसिक खेल प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन, बन्जीजम्प, हिमाल अवलोकन क्षेत्रमा ठूलो लगानी छ। सिजनमै पाहुना आउने क्रम रोकिएपछि पर्यटन व्यवसाय संकटमा परेको उनी बताउँछन्। यो समाचार अन्नपुर्ण पोस्टमा छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.