Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » आर्थिक राहतको अपेक्षामा व्यवसायी

    आर्थिक राहतको अपेक्षामा व्यवसायी

    पहिलोक्लिकपहिलोक्लिकMarch 12, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं : कोरोना भाइरसको महामारीबाट अर्थतन्त्र जोगाउन विश्वव्यापी रूपमा खर्बौं रुपैयाँका प्रोत्साहन योजना सार्वजनिक हुँदै गर्दा नेपालले भने त्यसतर्फ खासै अग्रसरता देखाएको छैन।

    अर्थ मन्त्रालयका अधिकारीले नयाँ प्रकोपका कारण नेपाली अर्थतन्त्रले भोग्ने समस्याको आँकलन भइरहेको बताएका छन्।

    पर्यटन व्यवसायीले राहत कार्यक्रम छिटो ल्याउन माग गरिरहेका छन्। नेपालमा कोरोना संक्रमण नभए पनि यसले ठूलो मात्रामा रोजगारी कटौती गर्नसक्ने, पर्यटन, यातायातलगायतका सेवा क्षेत्रमा जटिल समस्या उत्पन्न हुन सक्ने र वैदेशिक रोजगारीबाट फर्कनेलाई व्यववस्थापन गर्ने जोखिम बढ्न सक्ने आँकलन गरिएको छ। त्यसबाहेक मूल्यवृद्धि र कमजोर आर्थिक वृद्धिको सामना गर्नुपर्ने सरकारी अधिकारी बताउँछन्।

    राष्ट्र बैंकले १९ फागुनमा जारी गरेको मौद्रिक नीतिको मध्यावधि समीक्षामा कोरोना भाइसरसका कारण असर पर्नसक्ने सम्भावित क्षेत्र पहिचान गर्ने भनिएको छ। ‘त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था आवश्यकताअनुसार पुनरवलोकन गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ।

    उक्त नीतिले व्यवसायीलाई चैतमा तिर्नुपर्ने ब्याज केही महिनापछि तिर्न सक्ने गरी बाटो खोलिदिनेछ। केही व्यवसायीले सस्तो ब्याजमा नयाँ ऋण लिएर पुरानो कर्जा चुक्ता गर्न सक्नेछन्। तर नीतिगत रूपमा अघि सारिएको यो व्यवस्था कार्यान्वयन चरणमा पुग्न समय लाग्ने देखिएको छ।

    राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट भन्छन्, ‘कुनकुन क्षेत्र कति प्रभावित हुन्छ र कसलाई कस्तो सहायता दिने भनेर गहन अध्ययन गर्नु आवश्यक छ।’

    विगतमा भूकम्प र नाकाबन्दीका बेला उपलब्ध गराइएका सहायता कार्यक्रमबाट केही व्यवसायी र बैंकले नाजायज लाभ लिएको भन्दै राष्ट्र बैंकका अधिकारी त्यस्ता सहायता घोषणा गर्नुअघि सजग हुनुपर्ने बताउँछन्। ‘तर पनि हामीले बढी प्रभावित हुने केही क्षेत्रलाई जोगाउन सहयोग गर्नैपर्ने अवस्था छ,’ भट्ट भन्छन्।

    अर्थमन्त्री डा. युवराज खतिवडाले पनि कोरोना संक्रमणका कारण अर्थतन्त्रमा जटिलता थपिएको सार्वजनिक अभिव्यक्ति त दिएका छन्, तर राहतका लागि हालसम्म योजना सुनाएका छैनन्। पेट्रोलियम पदार्थमा कर बढोत्तरी गर्न हतारिएका अर्थमन्त्री खतिवडा अर्थतन्त्रलाई त्राण दिने दिशामा भने मौन रहेको आरोप व्यवसायीको छ। यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.