Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » चुम्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा ‘नमस्कार’

    चुम्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा ‘नमस्कार’

    पहिलोक्लिकपहिलोक्लिकMarch 16, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् ।

     

    तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ ।

    चीनबाट शुरु भएको उक्त भाइरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् तर सङ्क्रमण र त्यसबाट हुने मृत्युलाई रोक्न सकिएको छैन ।

    अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रविन्दु बन्दै गएको छ । हिजो आइतबार जोन्स हप्किन्स विश्वविद्यालय ९वाल्टिमोर, अमेरिका० ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म १५० देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ भने एक लाख ५६ हजार ४४५ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

    हालसम्म पाँच हजार ८३३ व्यक्तिले ज्यान गुमाइसकेको भए पनि नेपालमा एक व्यक्तिमा बाहेक सङ्क्रमण नदेखिएको र सङ्क्रमणमा रहेका उक्त व्यक्ति निको भई घर फर्किसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ ।

    कोरोना भाइरसले आफन्त, गरिब, धनी, सानोरठूलो जात, अग्लो, होचो, स्त्री, पुरुष, हिमाल, पहाड, तराई, गाउँ, शहर, धामीझाँक्री, चिकत्सक, किसान, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी केही भन्दैन ।

    यो रोगको सङ्क्रमणबाट जोगिन आफन्तसँग शुरुमा भेटघाट वा बिदाइमा गरिने चुम्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा दुवै हात जोडेर नमस्कार गर्नु नै उत्तम हुनेछ । यसबाट अभिवादन गर्ने व्यक्ति र स्वीकार गर्ने दुवैको हित हुनेछ ।

    कुनै व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण रहेछ भने चुम्बन गर्दा श्वासप्रश्वासबाट र अङ्कमाल वा हात मिलाउँदा छालाको स्पर्शबाट कोरोना भाइरस सर्न सक्छ । त्यसैले चिकित्सकले चुम्बन, अङ्कमाल र हात नमिलाउन सन्देश प्रवाह गरेका छन् ।

    कोरोना भाइरसबाट जोगिन साबुन र तातोपानीले कम्तीमा २० सेकेन्डसम्म राम्रोसँग हात धुन अर्थात् स्यानेटाइजर जेल प्रयोग गर्न, हाच्छियुँ गर्दा रुमालको प्रयोग गर्न, हात नधोई वा स्यानेटाइजर जेलको प्रयोग नगरी आँखा, नाक र मुख नछुन, सङ्क्रमित मानिसको नजिक नजान, सभा, समारोह, भोजभतेर अर्थात् मानिसको जमघट हुने क्षेत्रबाट टाढै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

    सरकारी तथा गैरसरकारी संस्था तथा स्वास्थ्य विज्ञले मात्र होइन, अमेरिका, भारत र बेलायतका सरकार प्रमुख डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र बोरिस जोनसनले समेत चुम्बन, अङ्कमाल र हात मिलाउनुका सट्टा दुई हात जोडेर नमस्कार गर्न शुरु गरिसक्नुभएको छ ।

    नमस्कार एक व्यक्तिले नजिकको आफन्त, साथीभाइ अगाडि उभिएर दुवै हातका आँैला आकाशतर्फ फर्काएर गरिने अभिवादनलाई भनिन्छ । नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने प्रचलित चलन हो । कुनै व्यक्तिसँग शुरुमा मिल्ने वा उहाँसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ ।

    विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले कोभिड–१९ को सङ्ज्ञा दिएको कोरोना भाइरसको लक्षण शुरुमा ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न कठिन हुने वा मांसपेशी दुख्ने देखिन्छ । यस्तो अवस्थामा सुरक्षित साथ नजिकको अस्पताल जाने अथवा अस्पताल जान नसकेको अवस्थामा अस्पतालमा जानकारी गराउने भन्ने जानकारी सार्वजनिक गरेको छ ।

    नमस्कार संस्कृत शब्द हो । संस्कृतको नमः शब्दबाट लिइएको नमस्कारको अर्थ प्रणाम गर्नु भन्ने हुन्छ । प्रत्येक व्यक्तिभित्र ईश्वरीय तत्व हुन्छ । त्यसलाई आत्मा भनिन्छ । नमस्कार गर्दा एक व्यक्तिको आत्माले अर्को व्यक्तिको आत्मालाई अभिनन्दन वा सम्मान गरेको अर्थमा नमस्कार गरेको भन्ने अर्थ लाग्छ ।

    दुवै हात जोडेर नमस्कार गर्नाले मनमा स्वच्छ भावनाको विकास हुनगई सकारात्मक सोचको विकास हुन्छ ।

    Facebook Comments Box

    अङ्कमाल र हात मिलाउनुको सट्टा ‘नमस्कार’ चुम्बन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.