Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » महाधिवेशनका लागि नयाँ सदस्यता वितरणमा कांग्रेस क्रियाशील

    महाधिवेशनका लागि नयाँ सदस्यता वितरणमा कांग्रेस क्रियाशील

    पहिलोक्लिकपहिलोक्लिकMarch 16, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ ।

    पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको कांग्रेसले जनाएको छ ।

    पार्टीको अन्तरिम संरचना समायोजनको कार्य सम्पन्न गरेका कांग्रेसका ३५ जिल्ला कार्यसमितिले हालसम्म नयाँ सदस्यता र नवीकरणका लागि केन्द्रीय कार्यालयबाट फारम लगिसकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    जिल्ला कार्यसमितिले विद्यमान सङ्ख्या बराबर नवीकरणका लागि र त्यसको ५० प्रतिशत नयाँका लागि क्रियाशील सदस्यता फाराम लगेको उनले बताए । क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि गत फागुन १६ गतेदेखि फारम वितरण शुरु गरी यही चैतसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

    सङ्गठनमा महत्वपूर्ण मानिने कांग्रेसका क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश ९कांग्रेसका जनसम्पर्क समिति० गरी करिब पाँच लाख रहेको पार्टी कार्यालयले जनाएको छ ।

    केन्द्रीय कार्यसमितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो ।

    यसैगरी कांग्रेसमा समायोज भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई पनि छानबिन गरी आवश्यकताअनुसार क्रियाशील सदस्यता प्रदान गरिने उनले बताए ।

    कांग्रेसले मुलुकको नयाँ सङ्घीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना समायोजनको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टी कार्यालयका अनुसार हालसम्म ५० जिल्लाले पूर्ण र बाँकी जिल्लाले ९० प्रतिशत समायोजनको काम सम्पन्न गरेका छन् ।

    पार्टीको अन्तरिम संरचना समायोजनको कार्य नसकी क्रियाशीय सदस्यता वितरण गर्न नपाइने भएकाले स्थानीयस्तरमा समायोजन सम्पन्न गर्न जिल्ला कार्यसमितिलाई दबाब बढेको छ ।

    कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका साङ्गठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि मात्र विधानका केही दफा निलम्बनसमेत गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    पार्टी विधानको दफा ४ मा कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ । कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ ।

    केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनका लागि ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ ।

    प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन, केन्द्रमा पठाउने, छानबिन गरी केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची २०७७ साल साउनसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने अवधि निर्धारण गरिएको प्रवक्ता शर्माले बताए ।

    कांग्रेसले १४औँ महाधिवेशनका लागि गाउँरनगर वडा अधिवेशन–२०७७ साल कात्तिक १६ गते, गाउँरनगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो ।

    यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गत फागुन १३ गते नै सबै जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी परिपत्रसमेत गरिसकेका छन् । परिपत्रअनुसार क्रियाशील सदस्यता नवीकरण फारम केन्द्रबाट जिल्ला सभापति वा जिल्ला सभापतिले लिखित अख्तियारी दिएको व्यक्तिले मात्र बुझ्नसक्ने व्यवस्था छ ।

    कांग्रेसको नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० लाग्नेछ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० लाग्छ ।

    जिल्लामा पठाइएका क्रमसङ्ख्याअनुसारका क्रियाशील सदस्यता फारम ९नवीकरणरनयाँ० जुन जिल्ला र मातहत निकायलाई दिइएको छ, सोही जिल्ला र मातहत निकायमा मात्र प्रयोग गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

    परिपत्रमार्फत अन्य राजनीतिक दलको विभिन्न पदीय जिम्मेवारीमा रहेका वा सक्रिय सदस्य रहेका र सो पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरुको विवरण पार्टीमा दिनुपर्ने पदीय जिम्मेवारी र क्रियाशील सदस्यताको सिफारिससमेतको पार्टी केन्द्रीय कार्यालयमा पठाउनका लागि सबै जिल्लालाई अनुरोध गरिएको छ ।

    जिल्लाबाट प्राप्त त्यस्तो नामावली केन्द्रबाट स्वीकृत भएपछि क्रियाशील सदस्यता ९नवीकरण÷नयाँ० का लागि अतिरिक्त केन्द्रबाट थप फारम उपलव्ध गराइने परिपत्रमा उल्लेख छ ।

    Facebook Comments Box

    महाधिवेशनका लागि नयाँ सदस्यता वितरणमा कांग्रेस क्रियाशील
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.