काठमाडौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा २ हजारले घटेको छ ।
हिजो सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७७ हजार ५ सय रहेको थियो । आज मूल्यमा २ हजारको गिरावट आउँदा प्रतितोला छापावाला सुन ७५ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ७५ हजार २ सय रहेको छ ।
साथै आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ८० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ७ सय ९० रहेको थियो । भने आज मूल्य कमि आइ प्रतितोला चाँदी ७ सय १० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।
Facebook Comments Box