काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला लगायतका धेरै मानिस भेला हुने स्थानहरुलाई डेढ महिनासम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।
सरकारले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन निषेध गरेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको आज बुधवार सिंहदरबारमा बसेको बैठकले फिल्महल, सांस्कृतिक केन्द्र, रंगशाला, हेल्थ क्लब, म्युजियम, मनोरञ्जनस्थल लगायतलाई ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो ।
यसको अनुगमन गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सञ्चारमन्त्रालयले गर्ने छ ।
समितिको बैठकले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला गर्न बन्द गर्ने निर्णयसमेत गरेको छ ।
अत्यावश्यक काममा बाहेक हिड्डुल र आवतजावत गर्न समेत रोक लगाउने निर्णय समितिले गरेको छ ।
साथै युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई टान्जिट बनाइ अन्य मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च मध्यरातीबाट लागू हुने गरी १५ अप्रिलसम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय सरकारको छ ।
समितीले गरेका अन्य केही निर्णयह यस्ता छन :

