Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोभिड–१९ को जोखिमबाट बच्न सरकारलाई दशबुँदे निर्देशन

    कोभिड–१९ को जोखिमबाट बच्न सरकारलाई दशबुँदे निर्देशन

    पहिलोक्लिकपहिलोक्लिकMarch 19, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : प्रतिनिधिसभा, कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ ।

     

    समितिको आजको बैठकले दिएका निर्देशनमा उपत्यकालगायत देशभरका स्वास्थ्य संस्थामा जनसङ्ख्याको चापअनुसार सघन उपचारकक्ष र आइसोलेसनको पर्याप्त व्यवस्था मिलाउने र कोरोना भाइरसको परीक्षणका लागि मेडिकल सामग्री उपलब्ध गराई औषधि मौज्दात राख्ने प्रबन्ध गर्ने रहेको छ ।

    त्यस्तै सरकारी, सामुदायिक र निजी अस्पतालबीच आवश्यक समन्वय गरी कोरोना भाइरसबाट सङ्क्रमण रोकथामका लागि आइसीयू र आइसोलेसन राख्ने, सातै प्रदेशमा यो उपचार तथा परीक्षणको हुन सक्ने गरी प्रबन्ध गर्ने निर्देशन दिइएको छ ।

    प्रत्येक स्वास्थ्य संस्थामा मेडिकल विज्ञ समूह खडा गरी कोरोना भाइरसविरुद्ध लड्न चिकित्सकको मनोबल वृद्धि गरी चिकित्सकको सुरक्षामा विशेष ध्यान पु¥याउन निर्देशनमा भनिएको छ । निर्देशनमा कोरोना भाइरसको नियन्त्रणमा सफलता हासिल गरेको मित्रराष्ट्र चीनको व्यवस्थापकीय पक्षको जानकारी लिई देशभर सञ्चारमाध्यममार्फत तत्काल जनचेतनाको अभियान कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ ।

     

    माक्स, औषधि तथा अतिआवश्यक वस्तुको अभाव देखाउने काम भएको हुनाले कालाबजारी रोक्न गृह र उद्योग तथा वाणिज्य मन्त्रालयलाई समितिले निर्देशन दिएको हो । विपद्का बेला राजनीतिक दलको एकतालाई स्वागत गर्दै स्थानीय तहको वडा तहसम्म राजनीतिक दलका भातृ सङ्गठनमार्फत कोरोना सम्भावित सङ्क्रमणलाई रोक्ने अभियान सञ्चालन गर्ने रहेको छ । साथै, कारागार, बालगृह, अनाथालयलाई न्यूनीकरण गरी त्यहाँ बस्ने सम्पूर्ण नागरिकलाई सुरक्षा दिन निर्देशन दिइएको छ ।

     

    समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारलाई समितिले दिएको १० बँुदे निर्देशनको जानकारी दिँदै सञ्चारमाध्यमले कोरोना भाइरससम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा सत्य, तथ्य र वस्तुनिष्ठ जानकारी मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

     

    समितिको बैठकमा सांसद सुवासचन्द्र नेम्वाङ, देव गुरुङ, बालकृष्ण खाँड, गोमा देवकोटालगायतले सरकारले कोरोना भाइरसको सम्भावित सङ्क्रणलाई रोक्न आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने र बजारमा अतिआवश्यक वस्तुलाई लुकाएर कालोबजारी गर्नेलाई कडा कारवाही गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

    Facebook Comments Box

    कोभिड–१९ को जोखिमबाट बच्न सरकारलाई दशबुँदे निर्देशन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.