Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » गोदावरी सडक विस्तारको तयारी शुरु

    गोदावरी सडक विस्तारको तयारी शुरु

    पहिलोक्लिकपहिलोक्लिकMarch 19, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: चार वर्ष पहिले ठेक्का व्यवस्थापन भए पनि निर्माण शुरु नभएको कर्मनाशा खोलादेखि गोदावरीसम्मको सडक विस्तारका लागि आवश्यक तयारी शुरु भएको छ । सडकको अधिकार क्षेत्रमा रहेका घर, टहरालगायतका संरचना हटाउन आवश्यक तयारी अघि बढेको हो ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय ललितपुरले आज सडकको अधिकार क्षेत्रमा पर्ने हरिसिद्धि प्रहरी कार्यालयको पर्खाल भत्काएको छ । अधिकार क्षेत्रमा रहेका घरधनीमध्ये मुआब्जा वा क्षतिपूर्ति लिएकाको हटाउन थालिएको र नलिएकालाई दिन आवश्यक तयारी भइरहेको कार्यालयले जनाएको छ ।

    सडकका कारण विस्थापत हुनेलाई मुआब्जा र घरको केही भाग क्षति भएकालाई क्षतिपूर्ति दिइरहेको कार्यालयका इञ्जिनीयर पूर्ण महर्जनले बताउनुभयो । घरमा ९० प्रतिशतसम्म भत्काउनुपर्ने अवस्थामा व्यक्तिलाई जग्गा किन्नेसम्मको रकम दिइने गरिएको छ । यस सडकमा झण्डै दुई सय जनाको घरपर्ने कार्यालयले जनाएको छ । ती घरधनीलाई वडा कार्यालयको सिफारिस लिएर आउन भनिएको उहाँले बताउनुभयो । कतिपयले सिफारिस लिएर आउन थाले पनि कतिपय सर्वाेच्च अदालतले व्यक्तिको सम्पति भत्काउन नहुने निर्णय गरेको भनेर सिफारिस लिन आएका छैनन् । उहाँले भन्नुभयो, “स्थानीय तहसँगको समन्वयमा प्रक्रिया अघि बढाइएको छ ।”

    सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले काठमाडौँ उपत्यकामा हाल विस्तारका क्रममा रहेका सडक आगामी माघसम्ममा सम्पन्न गर्ने गरी तयारी भइरहेको बताउनुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माणस्थल खाली गरेपछि निर्माण अघि बढाउन समस्या नभएको उहाँले बताउनुभयो ।

    विसं २०७३ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि लामो समयसम्म विवादका कारण अघि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । प्राधिकरणले चालु आर्थिक वर्षभित्र निर्माणस्थल खाली गरेमा माघसम्म सडक निर्माण सकिनेछ । बाँडेगाउँबाट गोदावरीसम्मको साढे तीन किमी सडकमध्ये अहिलेसम्म तीन किमी सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, “कर्मनाशा खोलादेखि बाँडेगाउँसम्मको सडक पनि चाँडो अघि बढाउने योजना छ ।”

    ललितपुर महानगरपालिका–२६ का अध्यक्ष राजेश महर्जनले सडकलाई मापदण्डानुसार नै निर्माण गर्ने गरी छलफल भइरहेको बताउनुभयो । सडकको मापदण्ड चौडाई २० मिटर रहेकाले त्यसलाई कम नगरी निर्माण गर्ने गरी छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकमा स्थानीयवासीले घरको मात्रै नभएर जग्गाको समेत मुआब्जा माग गरेका छन् । उहाँले भन्नुभयो, “कतिपय घरधनी आफैँ घरको क्षतिपूर्ति लिन पनि आउन थाल्नुभएको छ ।”

    ललितपुर क्षेत्र नं–३ का सांसद पम्फा भुषालले जनसङ्ख्या र सवारीसाधनको चाप बढिरहेकाले सडक विस्तार आवश्यक भएको बताउनुभयो । ठेक्का सम्झौता भएको लामो समय भइसकेकाले चाँडो टुङ्ग्याउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक अलपत्र हुँदा यहाँका बासिन्दा धुलो र हिलोले हैरान छन् ।”

    स्थानीयवासी सुमन महर्जनले सडकका लागि घर भत्काउँदा घरधनीको बेहाल हुने बताउनुभयो । घर भत्काउँदा त्यो परिवार कहाँ बस्ने भनी समस्या हुने उहाँले बताउनुभयो । एउटा परिवारमा ८÷१० जनासम्म हुँदा कसरी व्यवस्थापन गर्ने भनी समस्या हुने उहाँको भनाइ छ । सरकारको जग्गाको मात्रै मुआब्जा दिने हुँदा यहाँका घरधनी सुकुम्वासी हुने उहाँले बताउनुभयो ।

    स्थानीयवासी इन्द्रराम महर्जनले सडक भत्केपछि धुलो र हिलो अझै बढ्ने भन्दै सडक यति समयसम्म बनिसक्छ भनि स्थानीयवासीलाई विश्वस्त बनाउनुपर्नेमा जोड दिनुभयो । जग्गाको पैसा थोरै भए पनि दिएर मात्रै सडक बढाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेसम्म नियम नभए नियम बनाएर पनि जग्गाको पैसा दिनुपर्छ ।”

    सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिएको छ । ठेक्का अवधि गत कात्तिकमा सकिएको छ । काठमाडौँ उपत्यकाका अरु सडकमा जस्तै यहाँ पनि स्थानीयवासीको अवरोध नै निर्माण अवरुद्ध हुनुको कारण बनेको छ ।

    सरकारले चार वर्ष पहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार शुरु गरेको थियो । तीमध्ये अहिलेसम्म कुनै पनि सम्पन्न भइसकेका छैनन् । पहिले घरको मात्रै मुआब्जा माग गरेकामा अहिले स्थानीयवासीले जग्गाकोसमेत मुआब्जा मागेर निर्माणको काम अघि बढ्न नसकेको हो । सरकारले त्यहाँ रहेका घर, टहरा हटाएर काम गर्न खोज्दा स्थानीयवासीले सङ्गठितरूपमा अवरोध गर्दै आएका थिए । लामो समयसम्म पनि सडक निर्माण अघि बढ्न नसकेपछि चावहिल–साँखु, त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा, ढोलाहिटी–लेलेलगायतका सडकमा उपलब्ध चौडाइमा निर्माण अघि बढेको छ ।

    Facebook Comments Box

    गोदावरी सडक विस्तार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.