Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » दोब्बर घट्यो हवाइजहाजको अधिकतम भाडा

    दोब्बर घट्यो हवाइजहाजको अधिकतम भाडा

    पहिलोक्लिकपहिलोक्लिकMarch 22, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं : आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् ।

    निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक गरेका हुन् ।

    कोभिड–१९ को सम्भावित जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले लामो दूरीका सार्वजनिक यातायात बन्द भएपछि गन्तव्यमा जाने यात्रुको चापलाई ध्यान दिएर भाडादर केही समयका लागि घटाइएको कम्पनीले उल्लेख गरेका छन् ।

    कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी वायुसेवा कम्पनीले मनोमानीरुपमा भाडा घटाउने तथा नयाँ भाडादर कायम गर्न थालेपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वायुसेवा सञ्चालकसँग छलफल गरी भाडादरमा पुनःविचार गरिदिन आग्रह गरेका थिए ।

    पर्यटनमन्त्रीको आग्रहबमोजिम वायुसेवा कम्पनीले आज नयाँ भाडादर कायम गरेका हुन् । यात्रुको अवस्थालाई ध्यान दिएर हवाई कम्पनीले लामा गन्तव्यको भाडा झण्डै दोब्बर घटाएका छन् ।

    बुद्ध एयरले अहिले काठमाडौँबाट छोटो समयमा धेरै यात्रु उपत्यका बाहिरका गन्तव्यमा जानुपर्ने भएकाले सार्वजनिक यातायात पनि नचलुञ्जेल अधिकतम भाडा घटाइएको जनाएको छ ।

    कम्पनीले आज विज्ञप्ति जारी गर्दै कायम गरेको भाडादरअनुसार काठमाडौँदेखि विराटनगरको रु पाँच हजार ५०० कायम गरिएको छ ।

    यो गन्तव्यका साविक अधिकतम भाडादर रु सात हजार ८७८ थियो । भद्रपुरको साविक नौ हजार ८०० रहेकामा अहिले रु छ हजार २०० निर्धारण गरिएको छ ।

    त्यस्तै नेपालगञ्जका लागि रु छ हजार ३०० कायम भएको छ भने पहिला रु १० हजार ६२० थियो । धनगढीको रु १४ हजार १२४ रहेकामा अहिले रु सात हजार ९०० बनाइएको छ ।

    पोखराको रु पाँच हजार २७२ रहेकामा नयाँ भाडादर तीन हजार ७०० कायम गरिएको छ । भैरहवाको पहिला रु छ हजार ७८१ रहेकामा अहिले रु चार हजार ९०० कायम गरिएको छ । साविक रु छ हजार ५४० भाडादर रहेको राजविराजको रु चार हजार २०० निर्धारण गरिएको बुद्धएयरले जनाएको छ ।

    यो भाडादर लामोदूरीको बस सञ्चालनरुपले सञ्चालन नहुँदासम्म लागू गरिने कम्पनीले उल्लेख गरेको छ ।

    कोरोनाको सङ्क्रमणबाट बच्ने उपाय अपनाउँदै बुद्धले काठमाडौँलगायत सबै स्टेशनबाट यात्रुको तापक्रम मापन, १०० भन्दाबढी तापक्रमका यात्रुलाई सुरक्षित साथ अफलोड तथा भाडा फिर्ता गरिँदै आएको जनाएको छ ।

    यस्तै प्रतिस्पर्धी श्री एयरलाइन्सले पनि यात्रुको सहजताका लागि सहुलियत दरमा हवाइजहाज यात्राको व्यवस्था मिलाइएको जनाएको छ । लामो गन्तव्यको महङ्गो भाडामा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

    उनले तीन गन्तव्य भरतपुर, जनकपुर र सिमराबाहेकका सबै गन्तव्यमा यस्तो छुटको व्यवस्था गरिएको बताए। श्रीले भद्रपुर रु सात हजार ४००, विराटनगर रु छ हजार १००, जनकपुर रु तीन हजार ३००, सिमरा रु तीन हजार, पोखरा रु तीन हजार ७००, भैरहवा रु चार हजार ९००, नेपालगञ्ज छ हजार २०० र धनगढीमा रु सात हजार ९०० कायम गरेको छ ।

    यस्तै निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले पनि हालको हवाई भाडादर हेरफेर गर्ने तयारी गरिएको कम्पनीले उल्लेख गरेको छ ।

    हवाई भाडादर घटाउनेबारे गृहकार्य गरिएको र छिट्टै नयाँ भाडादर सार्वजनिक गरिने कम्पनीले जनाएको छ । आन्तरिक उडानका सौर्य, सीता, सिम्रक, समिटलगायत कम्पनीले पनि यात्रुको सहुलियतका लागि आफ्नो भाडादरमा केही हेरफेर गर्ने तयारी गरेका छन् ।

    आजदेखि अन्तरराष्ट्रिय उडान बन्द हुने र सोमबारदेखि लामो दूरीका सार्वजनिक यातायात पनि बन्द हुने भएपछि हवाई यात्रुको चाप बढेको छ ।

    आन्तरिक उडानमा यात्रु बढे पनि व्यवसाय भने सन्तोषजनक नरहेको कम्पनीले जनाएका छन् । विदेशी हवाई यात्रु (डलरयात्री) नभएकाले आन्तरिक उडानमा झण्डै ४० प्रतिशत गिरावट आएको व्यवसायीको भनाइ छ ।

    यता हेलिकप्टर कम्पनीको पनि व्यवसाय चौपट भएको छ । अधिकांश कम्पनीको उडान बन्द हुने स्थितिमा रहेको जनाएका छन् ।

    Facebook Comments Box

    दोब्बर घट्यो हवाइजहाजको अधिकतम भाडा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.