Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » जोखिम उठाउँदै हानले ग¥यो होटल बन्द नगर्ने घोषणा, तारे होटलमा पर्यटकको बास

    जोखिम उठाउँदै हानले ग¥यो होटल बन्द नगर्ने घोषणा, तारे होटलमा पर्यटकको बास

    पहिलोक्लिकपहिलोक्लिकMarch 24, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं : कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ ।

     

    अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका सबैखाले होटल पनि बन्द छन् ।

     

    होटल एसोशिएशन अफ नेपाल ९हान०ले होटल बन्द नगर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । ‘‘होटललाई बन्द गर्न मिल्दैन’’, उपाध्यक्ष शाहले भने ‘‘निश्चित कर्मचारी राखेर अन्यलाई सञ्चित बिदामा पठाउने सहमति भएको छ ।’’

    आइतबार हानका अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा सङ्घको केन्द्रीय कार्यालयमा केन्द्रीय तीनवटै ट्रेड युनियनबीच भएको सहमतिमा होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाउने भएको छ ।

    सहमतिअनुसार हाललाई कर्मचारीहरुले प्राप्त गर्ने सञ्चित बिदा तथा सञ्चित बिदा नभएमा अग्रिम बिदामार्फत समायोजन गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    कोरोनाले परेको प्रभावबाट होटल तथा पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव तथा क्षतिको विषयमा हान र ट्रेड युनियनहरुको प्रतिनिधिसहितको संयुक्त प्रतिनिधिहरुले सरकार तथा सम्बन्धित निकायमा होटल तथा होटलमा कार्यरत श्रमिकहरुको लागि आवश्यक पर्ने राहत र सुविधाको विषयमा संयुक्तरुपमा अनुरोध गर्ने सहमति भएको उपाध्यक्ष शाहको भनाइ छ ।

    तारे होटलका अत्यावश्यक सेवा यथावत

    यसैबीच राजधानी काठमाडौँ उपत्यकाका पर्यटकीय होटलदेखि तारे होटलले अत्यावश्यक सेवा दिइरहेका छन् ।

    सरकारको निर्णय अनुरुप आजबाट लकडाउन भएपनि काठमाडौँका कतिपय तारे होटलले न्यूनतम सेवा उपलब्ध गराइरहेको हानले जनाएको छ ।

    होटलमा रहेका पाहुनालाई न्यूनतम कर्मचारी व्यवस्थापन गरी सेवा दिइरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । “भएका पाहुनालाई व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो, त्यो पुरा गरेका छौँ, अत्यावश्यक सेवाका पाहुना पर्यटकलाई विशेष अनुमति लिएर होटलसम्म आवतजावत गर्ने व्यवस्था पनि मिलाएका छौँ”, उनले भने ।

    अहिले विशेषगरी अन्तरराष्ट्रिय एयरलायन्सका कर्मचारीलगायत तारे होटलमा बसेका छन् । उनीहरु समान्य अवस्थामा पनि होटलमा बस्नुपर्ने हुन्छ । त्यसबाहेकका केही पर्यटक मात्रै होटलमा छन् । हानका सदस्य होटलमा कमभन्दा कम जनशक्ति व्यवस्थापन गरी सेवा दिने व्यवस्था मिलाइएको छ ।

    लकडाउनको अवज्ञा नहुने गरी होटलको अत्यावश्यक सेवा सञ्चालनमा रहेको हानले जनाएको छ ।

    देश पूरै लकडाउन भएपछि स्वभाविक रुपमा होटल बन्द हुन्छन् । मानवीय भावले भएका पाहुनाको सेवा गर्नु कर्तव्य भएकाले आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको उपाध्यक्ष शाहको भनाइ छ ।

    यसअघि मुलुक लकडाउन नभएको अवस्थामा हानले अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा सञ्चालन गर्ने निर्णय लिएको थियो ।

    होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाइएको हानले जनाएको छ ।

    हानको केन्द्रमा ३५० र देशभरका १५ वटा क्षेत्रीय च्याप्टरमा आवद्ध गरी करिब तीन हजार पर्यटकस्तरीयदेखि पाँचतारे होटल छन् ।

    Facebook Comments Box

    जोखिम उठाउँदै हानले ग¥यो होटल बन्द नगर्ने घोषणा तारे होटलमा पर्यटकको बास
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.