Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » राजधानीको लकडाउन आजबाट झन् कडा हुन्छ- प्रजिअ दाहाल; यो सेल्फी खिच्ने, क्रिकेट खेल्न समय होइन

    राजधानीको लकडाउन आजबाट झन् कडा हुन्छ- प्रजिअ दाहाल; यो सेल्फी खिच्ने, क्रिकेट खेल्न समय होइन

    पहिलोक्लिकपहिलोक्लिकMarch 25, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सवारीसाधन आवागमनमा रोक लगाइएपनि मानिसहरुको आवतजावतमा भनेर काठमाडौँ प्रहरीले कुनै रोक लगाएन । मानिसहरु घरको बाहिर हुल बनाएर मात्रै बसेनन्, सडकमा पनि बेफिक्री हिँडिरहेका थिए । कोरोना संक्रमण फैलिने डरले सरकारले पूरै देश लकडाउन गरिरहँदा काठमाडौँमा धेरै मानिसहरुले लकडाउनको मजाक बनाइरहे ।

    ‘लकडाउनको प्रभाव हेर्न’ सडकमा निस्कनेदेखि मर्निङ वाक र इभिनिङ वाक गर्नेहरुको सङ्ख्या पनि उत्तिकै थियो । पहिले कुनै राजनीतिक दलले गर्ने बन्द साँझ ५ बजे सकिएको घोषणा गरेपछिको दृश्य जस्तै लकडाउन पनि साँझ परेपछि सकिएको शैलीमा मानिसहरु घरबाहिर निस्किएका थिए ।

    मंगलबार सामान्य सम्झाएर पठाउने गरेको प्रहरीले पनि बुधबारदेखि कडा रुपमा प्रस्तुत हुने सङ्केत काठमाडौँका प्रमुख जिल्ला अधिकारीले दिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबारदेखि काठमाडौँ प्रहरी कडारुपमा प्रस्तुत हुने बताएका हुन् ।

    प्रजिअ दाहालका अनुसार मङ्गलबार ९५ प्रतिशत मानिसहरु घरमै बसेका थिए । केही मानिसहरु पहिलो दिन भएको कारणले कस्तो हुन्छ भन्दै बाहिर हेर्न निस्किएको पनि प्रजिअ दाहालले बताए । तर बुधबारदेखि त्यस्तो नहुने दाहालको भनाइ छ ।

    प्रजिअ दाहाल भन्छन्, ‘फिजिकल डिस्टेन्स नै सुरक्षाको पहिलो आधार हो । तपाईंहरु सडकमा निस्कनुभयो भने १ सय प्रतिशत जोखिममा हुनुहुन्छ भने घरमै बस्नुभयो भने १ सय प्रतिशत सुरक्षित । तर सरकारले गरेको आदेशलाई कसैले अवज्ञा गर्छ भने त्यो सजायको भागिदार हुन्छ ।’

    दाहालका अनुसार सरकारले अधिकार प्रत्यायोजनसमेत गरिसकेकाले सरकारको निर्देशन नमान्ने सर्वसाधरणलाई पनि धरपकड गरेर ६ महिना जेल हाल्न सकिने छ । त्यसकारण सरकारको निर्देशनको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको उनले बताए । दाहालले भने, ‘हिजोको लकडाउन राम्रै थियो । ९५ प्रतिशत मानिसहरु घरभित्रै थिए । तर पहिलो दिन भएको कारण केही मानिसहरु बाहिर निस्किएका थिए । अब बुधबारबाट भने त्यस्तो हुँदैन । सरकारको निर्देशन नमान्नेलाई ६ महिनासम्म थुन्नसक्ने अधिकार मसँग छ । निर्देशन नमान्नेलाई म समातेर थुनिदिन्छु । त्यसकारण हिजोभन्दा आजको लकडाउन थप प्रभावकारी हुन्छ ।’

    प्रजिअ दाहालका अनुसार आजबाट प्रहरी पनि अलि बढी निर्मम बन्ने छ । पहिलो दिन सम्झाई बुझाई गरेको भएपनि आजबाट सवारीसाधनमा मात्रै होइन, नागरिकको हिँडडुलमा पनि कडाई गरिने छ ।

    तरकारी, खाद्यान्न, दुध, औषधी पसल आदि खुल्ने

    देश पूरै लकडाउनमा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा कुनै समस्या नहुने प्रजिअ दाहालले बताए । खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधी लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने तर उनीहरुले पनि सुरक्षाका उपाय र सतर्कता अपनाउनु पर्ने प्रजिअको भनाई छ । उनी भन्छन्, ‘अत्यावश्यक वस्तुको आपूर्ति गर्ने भनेको हो, तर १८ घण्टा पसल खोल्ने भनेको होइन । निश्चित समय पसल खोल्ने र भिडभाड हुन नदिने नीति आफैले मान्नुपर्छ ।’

    स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई पनि आवतजावतमा रोक नलगाइएको उनले बताए । यद्यपि सुरक्षा उपाय भने सबैले पालना गर्नैपर्ने उनको भनाइ छ ।

    सेल्फी खिच्ने र रमिता हेर्ने समय होइन

    मंगलबार अर्थात् पहिलो दिनको लकडाउनमा केही मानिसहरु सडकमा निस्किएर सेल्फी खिच्ने, क्रिकेट वा फुटबल खेल्ने र रमिता हेर्ने गरेको देखिएको भन्दै प्रजिअ दाहालले यो सेल्फी खिच्ने समय नभएको बताए ।

    नागरिककै सुरक्षाका लागि घरभित्रै बस्न आग्रह गरिएको भन्दै बाहिर सडकमा आएर खेल्ने वा सेल्फी खिच्ने समय नभएकाले संयमित भइदिन पनि उनले आग्रह गरे । तर सरकारी निर्देशनको अवज्ञा गर्नेलाई आजदेखि प्रहरी पनि निर्मम भएर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

    Facebook Comments Box

    लकडाउन आजबाट झन् कडा हुन्छ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.