Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?

    कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?

    पहिलोक्लिकपहिलोक्लिकMarch 28, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    ललितपुर:
    ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उहाँले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गर्नुभयो । “खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ । बजारमा खोज्न गएँ न मास्क छ न त स्यानिटाइजर । यो त केवल प्रचार मात्र हो कि भन्ने आभास भइरहेको छ”, उहाँले भन्नुभयो ।

    महानगरपालिका वडा नं १६ निवासी राकेश चित्रकारले पनि बेलाबेलामा खुद्रा पसलमा गई स्यानिटाइजर र मास्क खोज्दा पाउन नसकेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “प्रचारै ठूलो कुरा रहेछ, बजारमा यी वस्तु पाइन्छ भनेर खोज्दा पाउन सकिएको छैन । टोलटोलमा जनताले पाएको दुःख कसले पो देखेको छ र ? घरमा बालबच्चा छन् । जति खेर पायो त्यति खेर कोठा बाहिर निस्केर आँगनमा खेल्न पुगिहाल्छन् । यदि साबुपनीको साथमा उनीहरुलाई स्यानिटाइनर प्रयोग गरिदिन पाए कोभिड–१९को त्रास हट्ने थियो ।” उहाँले भन्नुभयो, “चाहिएको समयमा मास्क र स्यानिटाइजरको अभाव भएसँगै लकडाउन खुलेपछि कि त आफँैले बनाउने वा कि खोज्न जाने हुँदा महानगरसँगै भर पर्नु पर्दैन । स्थानीय उत्पादन तीनपाने रक्सीलगायतका कच्चा पदार्थ मिलाएर महानगरपालिकाले स्यानिटाइजर बनाउन शुरु गर्दा पनि पाउन नसक्नु दुर्भाग्यको कुरा भएको छ ।”
    महानगरको वडा नं २१ निवासी ज्ञानलक्ष्मी महर्जनले बजारमा स्यानिटाइजरको अभाव भएको सुनेर दैनिक स्प्रिट र साबुपानी प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा न त मास्क छ न त स्यानिटाइजर नै । हामीहरु घरबाट बाहिर खाद्यान्न किन्न निस्कँदा कसरी सङ्क्रमणबाट जोगिने होला । महानगरपालिकाले मास्क र स्यानिटाइजर बनाएर वितरण गर्ने कुरा टेलिभिजनबाट सुन्दा मुलुक विकासको गतिमा लम्कियो भन्ने खुशी लागेको थियो । यो त प्रचारजस्तो मात्र लागिरहेको छ ।” देशमा कोरोनाको सङ्क्रमण बढिरहँदा यस्ता सानातिना चिजको अभाव हुनु गम्भीरे विषय भएको महर्जनको भनाइ थियो ।

    महानगरपालिकाले गत फागुन २६ गतेदेखि २९ गतेसम्म हरेक वडाका दुई गरी ६० महिलालाई मास्क बनाउने तालिम दिएता पनि बजारमा मास्कको माग पूर्ति हुन सकेको देखिँदैन । महानगरपालिकाले मास्कको अलवा यहाँका नागरिकलाई १० जनाको दरले छ दिनसम्म ६० लाई स्यानिटाइजर बनाउने तालिमसमेत दियो, तर हाल यसको सेवाग्राहीले परिणाम प्राप्त गरेका छैनन् ।

    महानगरपालिको समाज कल्याण महाशाखाले केही दिन पहिला बनाइएको लगभग ५०० लिटर स्यानिटाइजर प्रत्येक वडाका केही स्थान र महानगरपालिकामा प्रयोग गरिरहेको सामाजिक विकास समिति संयोजक दिनेश कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मास्क र स्यानिटाइजर उत्पादन गर्ने त भन्याँै, तर यसमा प्रयोग हुने सामग्री लकडाउनका कारण लिन जान पाएका छैनौँ । यी सामग्री अभावका कारण आफूहरुले अघि बढाएको योजना सशक्तरूपमा कार्यान्वयन हुन नसकेको कार्की स्वीकार गर्नुभयो ।

    महानरपालिकाले पाँच–पाँच लिटर स्यानिटाइजर प्रत्येक वडामा पठायो तर सर्वसाधारणले भने घरघरबाट यसको सेवा लिन पाएका छैनन् । “हामीले बनाएको स्यानिटाइजर र मास्क प्रत्येक वडाका व्यक्तिलाई दिन नसकेकामा लज्जित भइरहेका छौँ ।” महानगरपालिकामा कार्यारत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवले भने मास्क र स्यानिटाइजर प्रयोग गरिरहेका कार्कीको भनाइ छ ।

    स्वास्थ्य शाखामा कार्यारत स्वास्थ्यकर्मीले लगाउने पोशाक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपीइ) र थर्मोमिटर गनको समेत अभाव भइरहेको जनाइएको छ । महानगरपालिकाले १०० एमएल स्यानिटाइजरको रु १५० लिने घोषणा गरिरहँदा यहाँ कच्चा सामग्री नै अभाव भइरहेको बताइएको छ । लकडाउन खुलेसँगै सामग्री ल्याएर महानगरवासीको आवश्यकता पूर्ति गरिने कार्कीले जानकारी दिनुभयो ।

    Facebook Comments Box

    कहाँ छ महानगरको मास्क
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.