Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोभिड १९ नियन्त्रणका लागि सातै प्रदेशमा सामग्री

    कोभिड १९ नियन्त्रणका लागि सातै प्रदेशमा सामग्री

    पहिलोक्लिकपहिलोक्लिकMarch 30, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सरकारले कोभिड १९ रोकथामत था नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार कर्णाली र सुदूर पश्चिमबाहेक हेलिकप्टरबाट विराटनगरमा सामान गइसकेको छ भने अन्य प्रदेशमा आज स्थलमार्गबाट सामान लिएर गाडी हिँडिसकेका छन् ।

     

    आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि औषषिजन्य सामग्री आएको थियो । कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लगेको छ ।

     

    सरकारले सातै प्रदेशमा प्रयोगशाला संचालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ । यसअघि काठमाडौँमा मात्र नमूना परीक्षण हुने गथ्र्याे । आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको काम शुरु गरिएको छ ।

     

    प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाइसकिएको स्वास्थ्यमन्त्रीका स्वास्थ्यविज्ञ डा खेम कार्कीले जानकारी दिनुभयो । प्रदेशका प्रयोगशालाको स्तर वृद्धिसँगै चीनबाट ल्याइएका आवश्यक ठाउँमा बोक्न सकिने यन्त्र (प्रोटेबल पिसिआर मेशिन)पनि विकल्प (ब्याकअप)का लागि पठाइने उहाँले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार सबै प्रदेशमा पठाइएका सामग्रीमा व्यक्तिगत सुरक्षा कवच –पिपिई) एकएक हजार थान, सर्जिकल मास्क १०÷१० हजार थान, पञ्जा दुईदुई जोर तथा एन९५ मास्क एकएक हजार थान पठाइएका छन् ।

     

    मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातै प्रदेशमा कोभिड १९ को नमूना परीक्षणका लागि प्रदेशमा प्रयोगशाला विज्ञ खटाएको छ । मन्त्रीका स्वास्थ्यविज्ञ डा. कार्कीका अनुसार प्रयोगशाला विज्ञका रुपमा प्रदेश २ को जनकपुरमा सुरेन्द्र मधुप, डा. निराजन भुसाल र विवेक तिमिल्सेनालाई पठाइएको छ ।

     

    यस्तै वाग्मती प्रदेशको हेटाँैडामा विष्णु उपाध्याय र निर्मल आचार्य, गण्डकी प्रदेशको पोखरामा प्रयोगशाला विज्ञका रुपमा बलराम गौतम, श्रीराम बाँस्तोला र रोजी पाण्डे, प्रदेश नं ५ को बुटवलमा प्रयोगशाला विज्ञका रुपमा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई पठाइएको छ । नेपालगञ्जमा रामकृष्ण श्रेष्ठ तथा कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीको प्रयोगशाला विज्ञका रुपमा क्रमशः डा महेन्द्रप्रसाद भट्ट र सुनिलप्रसाद लेखक रहनु भएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.