काठमाडौँ: सरकारले लकडाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल फुेसबुकमा मन्त्रीपरिषद् बैठकको निर्णयको जानकारी साझा गर्नुभएको हो ।
मन्त्रीपरिषद्ले यसअघि लकडाउनको लागि थपेको म्याद बुधबार, बैशाख ३ गते सकिदैछ ।
Facebook Comments Box