काठमाडौँ: नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए ।
Facebook Comments Box