Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘जवान’ मिर्गाैलासँग गति मिलाउँदै प्रधानमन्त्री

    ‘जवान’ मिर्गाैलासँग गति मिलाउँदै प्रधानमन्त्री

    पहिलोक्लिकपहिलोक्लिकApril 20, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: “साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन ।” गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ, “जवान मिर्गाैलाले बढी काम गरौँ भन्छ । उसले बढी पानी खा, व्यायाम गर् भन्छ । म कोरोना प्रकोपको रोकथाम र नियन्त्रणमा लागिरहेको छु । यसमा सक्रिय रहँदा मलाई एक प्रकारको व्यायाम मिलको छ ।”

     

    प्रधानमन्त्री ओलीलाई उहाँकी ३२ वर्षीया भाञ्जी समीक्षा सङ्ग्रौलाले मिर्गाैला दान गर्नुभएको थियो । फागुन १९ गते प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली २१ गते मिर्गाैला प्रत्यारोपणपछि फागुन ३० गते अस्पतालबाट निवास फिर्ता हुनुभएको थियो । पहिला मिर्गाैला प्रत्यारोपण भइसकेको र अन्य रोगका कारणले समेत शरीरले नयाँ मिर्गौला धान्न सक्नेमा आशंका गरिएको थियो । त्यसैले दोस्रो प्रत्यारोपण जोखिमयुक्त मानिएको थियो । त्यसबेला स्वदेशकै अनुभवी चिकित्सकको मेहनत र उहाँको दह्रो आत्मबलका कारण प्रत्यारोपण सफल भयो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रधानमन्त्री ओलीलाई बधाई र शुभकामना व्यक्त गरिएको थियो । विश्वमा दोस्रो मिर्गाैला प्रत्यारोपण गरिएका बहालवाला प्रधानमन्त्रीमा सम्भवतः ओली मात्रै हुनुहन्छ ।

    अहिले प्रधानमन्त्री ओली पहिले जस्तो आफैँ मोबाइल आफँै उठाउनुहुन्न, अरूले उठाएको मोबाइलमा कुरा गर्नुहुन्छ । आफूले गर्नुपर्दा पनि जरुरीबाहेक सहयोगीले सम्पर्क गराइदिन्छन्् । प्रत्यारोपणका क्रममा उहाँको देब्रे खुट्टाका नसा अलि तानिएकाले त्यो बल्ल ठीक हुने स्थितिमा छ । उहाँको शरीरमा प्रतिरोधी क्षमताको औषधि चलाइएकाले कहिलेकाहीँ चिनीरोग र न्यून रक्तचापको समस्या हुने गर्छ । प्रत्यारोपणको पुरानै बिरामी भएकाले यसको सामना गर्न आफू अभ्यस्त भएको उहाँ बताउनुहुन्छ ।
    सरकारी स्वामित्वका सञ्चारमाध्यमका प्रतिनिधिले शनिबार विशेष अन्तर्वार्ता लिने क्रमको अन्त्यमा प्रधानमन्त्री ओलीलाई सोधेका थिए,

    “अहिले तपाईँको स्वास्थ्यस्थिति कस्तो छ ? दैनिकी कसरी बितिरहेको छ ?”

    दुई घण्टासम्म अन्तर्वार्तामा सहभागी रहेका ओलीको जवाफ थियो, “म ठीक छु, स्वस्थ छु । अन्यथा यसरी तपाईँहरूसमक्ष उपस्थित हुने थिइन । मेरो प्रत्यारोपण सफल हुनुलाई मैले जनता र पार्टीले मेरो काँधमा उत्तरदायित्व थपेको महसुस गरेको छु । यस्तो अवस्थामा आम मानिस हुँदो हो त यतिबेला ऊ अस्पतालमै आराम गरिरहेको हुन सक्थ्यो, संयोगले म तपाईँहरूसँग छु ।” दोस्रो मिर्गाैला प्रत्यारोपणभन्दा केही मात्र अघि प्रधानमन्त्री ओली गत मङ्सिरमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा १० दिन अस्पतालमा रहनुभएको थियो ।

     

    प्रधानमन्त्री ओलीले आफूलाई आहार, व्यायाम र आराम आवश्यक रहेकामा हाल आराम अलि नपुगेको अनुभूति भने गरेको देखिन्छ । आफू सामान्यतः बिहान ५ बजे उठेर राति १ बजे सुत्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “सुत्ने समय बढाऊँ भन्छु तर व्यवस्थापन गर्न सकिरहेको छैन । ढिलो सुत्ने मेरो पुरानो बानी पनि हो ।” उहाँ अब सुत्ने समय राति १२ बजे र उठ्ने प्रातः ६ बनाउने प्रयत्नमा हुनुहुन्छ ।

    प्रधानमन्त्री ओली अस्पतालमा रहँदा मुलुकमा कोरोना भाइरसको जोखिम बढिरहेको थियो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आफ्नो ढङ्गले काम गर्ने अख्तियारी त पाएको थियो तर लकडाउन लागू गर्ने÷नगर्ने, सङ्क्रमित एकाएक बढे भने के गर्ने, औषधि, जनशक्ति र उपकरणको प्रबन्ध कसरी गर्ने आदि विषयमा नीतिगत निर्णयका लागि प्रधानमन्त्रीको निर्देशन र मन्त्रिपरिषद्का निर्णय आवश्यक पर्थे । प्रधानमन्त्री नौ दिनमै निवास फर्केकाले त्यस प्रकारको समस्या र अन्योल देखिन पाएन । उहाँ अस्पतालबाट निवास आएको १० दिनपछि मुलुकमा लकडाउन आदेश जारी भयो ।

    अस्पतालबाट फर्केपछि ओली पहिलो सार्वजनिक कार्यक्रमका रुपमा गत चैत २ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन कक्षबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का राष्ट्र प्रमुख÷सरकार प्रमुखसँगको भिडियो अन्तरक्रियामा सहभागी हुनुभयो । त्यसयता मन्त्रिपरिषद्का नियमित बैठक भइरहेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पनि सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणबारे कहिले सातै प्रदेशका मुख्यमन्त्री तथा कहिले विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीको अवस्था बुझ्न विभिन्न मुलुकका समकक्षीसँग भिडियो संवाद गर्दै आउनुभएको छ ।

    सरकारलाई तथ्यहीन आरोप लगाउने र आफ्नो स्वास्थ्यबारे अनावश्यक टिप्पणी गर्नेप्रति प्रधानमन्त्री ओलीलेले भन्नुभयो, “तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । मबाट यसभन्दा बढी के अपेक्षा गर्ने ? आफैँ बिरामी भएर पनि देशलाई सङ्क्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो । मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु । मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो । त्यो गरिरहन्छु ।”

     

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली बिहान चाँडै उठेर घटनाक्रममा अद्यावधिक हुने तथा मन्त्री, सुरक्षा निकायका प्रतिनिधि र आवश्यक भेटघाट तथा निर्र्देशन दिने काम गर्दै आउनुभएको छ । हाल पत्रपत्रिका आफैँले नियमित अध्ययन नगरे पनि उहाँ सामाजिक सञ्जालबाट नियमित अपडेट हुने गर्नुभएको जनाउँदै थापाले भन्नुभयो, “सामाजिक सञ्जालमा उहाँ हामीभन्दा बढी अपडेट हुनुहुन्छ । सम्बन्धित पक्षसँग सूचना पनि लिइरहनुहुन्छ ।”

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.