Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अझै रोकिएन काठमाडौँबाट घर जानेको भेल, मुख्य सडक चोकमा घुँइचो

    अझै रोकिएन काठमाडौँबाट घर जानेको भेल, मुख्य सडक चोकमा घुँइचो

    पहिलोक्लिकपहिलोक्लिकApril 23, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ:‘दुःखमा जन्मभूमि’ र ‘विपत्मा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रुपमा मङ्गलबार र बुधबार साँझ कलङ्की र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ ।कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्ति कुम्लो कुटुरोसहित लालाबाला च्याँपेर घर फर्कन घुइँचो गरेको त्यो स्थानमा देखियो । मुलुकका कतिपय स्थानीय तहका जनप्रतिनिधि लकडाउन कारण राजिरोटीको समस्याले बिचल्लीमा परेका आफ्ना नागरिकको उद्धारमा त्यहाँ जुटिरहेको देखिन्थ्यो ।

    भक्तपुरको जडीबुटीमा मानिसको ठूलो हुलमा भेटिएका रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले लकडाउनका कारण विपद्मा परेका नागरिकलाई उद्धार गरी घर पु¥याउने काममा आफू जुटिरहेको बताउनुयभो । उहाँले भन्नुभयो, “आज मात्र होइन हिजोदेखि नै हो यहाँ हाम्रा धेरै नागरिक लकडाउनका कारणले विपद्मा परिरहनुभएको थियो । धेरैजसो श्रमिक हुनुहुन्छ । घर जान चाहनेहरुको यो भीड हो । नगरपालिकाबाट उहाँहरुलाई लिन भनेर म यहाँ आएको हुँ ।”

    उक्त नगरपालिकाले मङ्गलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको थियो ।

    विपद्मा परेका त्यस्ता नागरिकलाई नगरपालिकाले आफ्नै खर्चमा घर पु¥याउने व्यवस्था गरेको नगरप्रमुख थापामगरले जानकारी दिनुभयो ।

    लकडाउनका कारण रोजिरोटी गुमेर काठमाडौँ उपत्यकामा बस्ने अवस्था नरहेपछि घर फर्कन चाहनेलाई स्थानीय तहले जन्मथलो लैजाने व्यवस्था गरेका हुन् ।

    स्थानीय तहले त्यस्ता घर फर्केका नागरिकलाई उपलब्ध गराउनुपर्ने राहत र औषधिका लागि तथ्याङ्कसमेत सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    स्थानीय तहले त्यसरी घर फर्केका नागरिकलाई आफ्नो बाँझो जमिन खनिखोस्री बालीनाली लगाउन र त्यसकालाई आवश्यक बीउ मलखादको व्यवस्था गरी उत्प्रेरणा जगाउन कामसमेत गर्ने भएका छन् ।

    जडीबुटी क्षेत्रमा त्यसरी घर फर्कन चाहने दोलखा, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायत जिल्लाका यात्रुको भीडलाई व्यवस्थापन गर्न भक्तपुरका प्रहरी प्रमुखको नेतृत्वको सुरक्षा टोलीलाई हम्मेहम्मे परेको देखिन्थ्यो ।

    जडीबुटी र कलङ्की क्षेत्रमा काठमाडौँ जिल्लाका प्रहरी प्रमुखसहित ठूलो सङ्ख्यामा सुरक्षा फौज यात्रुको व्यवस्थापनमा खटिनुभएको थियो ।

    भीडलाई व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्नका लागि अन्योल पैदा नहोस् भनेर प्रहरीले माइकबाट कुन ठाउँका लागि कहाँ बस छुट्दैछ भनेर सूचना दिइरहनुभएको थियो । ती दुवै स्थानमा दशैँको फूलपातीको दिन जस्तै घर फर्कनेको भीड देखिन्थ्यो ।

    विपद्मा परेका यस्ता नागरिकलाई घर फर्काउने कार्यमा स्थानीय तहका मात्रै होइन कलङ्कीमा सांसद टोपबहादुर रायमाझीले समेत सहजीकरण गरिरहनुभएको पाइयो ।

    उद्धार गरी लगेका नागरिकको स्थानीय तहमा कोभिड–१९का सम्बन्धमा सामान्य स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको जानकारी दिइएको छ ।

    सिन्धुलीको तीनपाट गाउँपालिकाका उपप्रमुख पदममाया तामाङ पनि लकडाउनमा अलपत्र परेका नागरिकको उद्धारका लागि बुधबार राति अबेरसम्म जडीबुटीमा खटिरहनुभएको थियो ।

    उहाँले दुई दिनमा झण्डै ८०० को हाराहारीमा घर फर्कन चाहने सर्वसाधारणको व्यवस्थापन गरी पठाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो बालबालिका र आमाहरुको उद्धार गरिएको छ ।”

    उद्धार गरिएका सबैको तथ्याङ्क लिएर सङ्कलन गरिएको राहत वितरण गर्ने स्थानीय तहले व्यवस्था मिलाएको छ ।

    रामेछापको खाँडादेवी गाउँपालिकाका मात्रै दुई हजार नागरिक घर फर्केको जानकारी दिइएको छ । घर फर्कनेमा न्यून आएका श्रमिक र विदेशमा कार्यरत श्रमिकका परिवारजन भएको बुझिएको छ ।

    लकडाउनका समयमा यथास्थानमा बस्ने र घराबाट बाहिर ननिस्कन भने पनि रोजिरोटीको समस्यामा परेका सर्वसाधारणले साताभन्दा बढी समयको पैदलयात्रामा उत्रिएपछि स्थानीय तहलाई आफ्ना नागरिकलाई व्यवस्थापन गरेर लैजान सरकारले अनुमति दिएको थियो ।

    लकडाउनले हजारौँ व्यक्तिलाई जन्मथलो पु¥याएको छ । ठूलो सङ्ख्यामा सर्वसाधारण घर फर्किएसँगै खाद्यान्न सङ्कटको सम्भावना भए पनि खेतीपाती लगाउने ठीक समय भएकाले कतिपय बाँझो जमिन खनीखोस्री गरेर बाली लगाउन उपयुक्त अवसर मिल्नेछ ।

    कोभिडबाट सिर्जित लकडाउनले घर परिवार सँगै रहेर जन्मथलोमा पुगी स्थानीय उत्पादन बढाउन र विकास निर्माण कार्यमा सहकार्य गर्ने एकखाले वातावरण सिर्जना गरेको छ ।
    –––

    Facebook Comments Box

    अझै रोकिएन काठमाडौँबाट घर जानेको भेल
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.