काठमाडौँ: ५ वर्षअघि आजैका दिन बारपाक केन्द्रबिन्दू बनाएर आएको भूकम्पले ठूलो क्षति गरेको थियो । काठमाडौँको धरहरासहित यस भूकम्पपछि क्षतिग्रस्त बनेका अधिकांश संरचनाको पुनर्निर्माण बाँकी नै छ ।
११ बजे ५६ मिनेट जाँदा ७.८ म्याग्निच्युटको प्रलयकारी भूकम्प र त्यसपछि निरन्तर पराकम्प गइरहेका थिए । भोलिपल्टै फेरि ६.७ रेक्टर स्केलको अर्को ठूलो पराकम्प गयो ।
त्यस्तै, २९ वैशाखमा दोलखाको सिंगटीलाई केन्द्रविन्दु बनाएर अर्को शक्तिशाली पराकम्प गयो । आठ हजार नौ सय ७९ मानिसले ज्यान गुमाएका थिए।

Facebook Comments Box
