काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए ।
सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।
Facebook Comments Box