Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नेपालगञ्जमा थप ९ र पर्सामा एक जना गरी १० जनामा एकै दिन कोरोना सङ्क्रमण

    नेपालगञ्जमा थप ९ र पर्सामा एक जना गरी १० जनामा एकै दिन कोरोना सङ्क्रमण

    पहिलोक्लिकपहिलोक्लिकMay 3, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    राँझा:
    बाँकेको नेपालगञ्जमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन
    (आरटीपिसिआर)मा परीक्षणका क्रममा तिनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालगञ्जमा भेटिएका सङ्क्रमितमा पाँच महिला र चार पुरुष छन् । यससँगै नेपालगञ्जमा कोराना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । यसअघि शुक्रबार पहिलो पटक एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ फेला परेको थियो । ‘परीक्षण भएका ३० रिपोर्टमध्ये ९ मा पोजेटिभ भेटिएको हो, अरु जाँच गर्दैछौँ’, श्रेष्ठले रासससँग भन्नुभयो, ‘धेरै सङ्ख्यामा रहेकोले रिपोर्ट तयार गर्न समय लागिरहेको छ ।’

    सङ्क्रमण पुष्टि भएका व्यक्तिको खोजी गरी कोरोना आइसोलेशन अस्पतालमा उपचारका लागि पठाउने तयारी गरिएको छ । उहाँले शनिबार कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ को स्वाब परीक्षणका क्रममा तिनको पोजेटिभ भेटिएकाले अरु पनि भेटिन सक्ने बताउनुभयो ।
    शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा पर्ने जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो । सङ्क्रमितका परिवार र नजीकका आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको एकान्तबासमा राखिएको थियो ।
    रमजान प्रभावित
    नेपालगञ्जका दश व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि मुसलमान धर्मावलम्वीको पवित्र पर्व रमजान प्रभावित भएको छ । एक हप्तादेखि शुरु भएको रमजानका अवसरमा घरमै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गर्दै नमाज पाठ गरिआएका एक धर्मगुरुमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा भय देखिएको नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले बताउनुभयो । ‘पहिलेदेखि नै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘हिजो एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, रमजान प्रभावित नहुने कुरै भएन ।’

    उहाँले त्रास मात्रै गरेर केही नहुने भएकाले यसमा थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी बाहिर ननिस्किन आग्रह गरिएको बताउनुभयो । रोजाको बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहे पनि कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी यस वर्ष रमजानका सबै धार्मिक कार्य घरमै गर्न आग्रह गरिएको धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरीले बताउनुभयो । ‘घरभित्रै रहेर रमजानको कार्यक्रम भइरहेको थियो, नेपालगञ्जमै कोरोना देखिएपछि थप डर त्रास फैलिएको छ’, उहाँले भन्नुभयो । बन्दाबन्दीका कारण घरबाहिर निस्किन नपाइरहेका अवस्थामा अब कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कताका साथ घरभित्रै धार्मिक कार्य गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

    उहाँले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएकाले समुदायमा रहेका सम्भावित कोरोना सङ्क्रमित र आशङ्कित व्यक्तिको पनि पहिचान गरी स्वास्थ्य परीक्षण गर्नगराउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

    कोरोना सङ्क्रमण देखिएपछि आज बिहानैदेखि मानिसहरु कोरोना जाँच गराउन लागिरहेका छन् । नेपालगञ्ज–८ महेन्द्रपार्क निवासी मुसलमान अगुवा एवम् अन्तरराष्ट्रिय खेलाडी समशुद्दीन सिद्धिकीले टोलका सबैजनालाई बिहानैदेखि जाँच गराउन थालिएको बताउनुभयो ।

    त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।

    योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

    उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ।

    Facebook Comments Box

    नेपालगञ्जमा थप ९
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.