काठमाडौं: नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । १७ जना संक्रमित सबै पर्सा बिरगञ्जका रहेका छन्। अहिले प्रदेश एक मा सबैभन्दा बढी ३१ जना संक्रमति छन भने ३० जना प्रदेश २ मा छन्।
यो संगै कुल संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। दुई महिना देखि ६६ वर्ष उमेर सम्मका रहेका छन्। जसमा ७ जना महिला र १० पुरुस छन् ।
यस्तै प्रदेश अन्तर्गत, प्रदेश १ मा कुल संक्रमितको संख्या ३१, प्रदेश दुईमा ३०, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश पांचमा २४ जना, कर्णालीमा शुन्य, र सुदुरपस्चिम प्रदेशमा ५ जना कूल संक्रमति रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म अहिले १९, ७३४ मनिषहरु क्वारेन्टाइनमा रहेका छन् जसमध्ये एकान्तबासमा १३६ मध्ये उपत्यकामा ७ जना रहेका छन् । ३३३ जना रेड जोनमा छन् ।

