काठमाडौँ: भारतले शुक्रबार उद्धघाटन गरिएको तवाघाट-लिपुलेक सडक आफ्नै भूमिमा निर्माण गरेको दावी गरेको छ। भारतीय विदेश मन्त्रालयले साँझ विज्ञप्ती गरी गर्दै उक्त सडक खण्ड उतराखंड राज्यको पिथौरागढ़ जिल्लामा पर्ने जिकिर गरेको छ।
तीर्थालुले कैलाश मानसरोबर यात्राका लागि प्रयोग गर्दै आएको साबिकै मर्गाअन्तर्गत उक्त सडक रहेको उल्लेख गर्दै विज्ञप्ती भनिएको छ, ‘ अहिलेको परियोजनाअन्तर्गत सोही सडकलाई तिर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति गरिएको मात्रै हो।’
भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचका सीमासम्बन्धी सबै विषय सम्बोधन गर्न संयन्त्र रहेको उल्लेख गर्दी सीमा निर्धारण प्रक्रिया चलिरहेको जनाएको छ ।
