काठमाडौँ: तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको २०१५ जुन १२-१४ मा भारतको राजकीय भ्रमण हुने तिथि तय भइसकेको थियोओ । तर, अन्तिम घडीमा त्यो एकाएक रोकियो।
राजकीय भ्रमणसमेत रोकिएको कारण ‘उपर्युक्त समयमा मिलाएर पछि गरिने’ मात्रै भनियो। तर कारण अर्कै थियो। नेपाल-भारत सम्बन्ध निकटता र दोहोरो समस्याको सुनुवाई गर्न हरेक महिनाको अन्तिममा दुई देशका प्रमवीच फोनवार्ता गर्ने पद्धती थालिय्को थियो।
भारत भ्रमणको कुरा आएपछि सिमावर्ती समस्या र विवादास्पद भूभागबारे बुझ्न बालुवाटारमा नापी बिभाग, परराष्ट्र मन्त्रालयसहित पार्टीगत सहभागिताको बैठक चलेको थियो। त्यही बेला लिपुलेक्को अवस्थिति र नेपालसंग रहेका प्रमाणबारे प्रधानमन्त्री कोइरालाले राम्रै संग बुझेका थिए।
उता वईजिङ्गमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिंगबीच नेपाली भूमी लिपुलेकलाई द्वुईदेशिय व्यापारीक नाक बनाउने सहमति भएपछी नेपाल सरकारले तत्कालै काठमाडौँमा भारत र चीनका दुवै राजदूतलाई ‘प्रोटेस्ट नोट’ पथाउन्दै उक्त सहमतिप्रति विरोध जनाएको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।