Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रदेश नं २ का ८ वटै जिल्लामा कोरोना फैलियो, जनजीवन थप त्रसित

    प्रदेश नं २ का ८ वटै जिल्लामा कोरोना फैलियो, जनजीवन थप त्रसित

    पहिलोक्लिकपहिलोक्लिकMay 16, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    महोत्तरी: प्रदेश नं २ का आठवटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमण प्रभावित बनेका हुन् । सो जिल्लामा आज पहिलोपटक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा स्वाब परीक्षण गरिएका मध्ये यस प्रदेशका चार जनामा सो सङ्क्रमण पुष्टि भएको सो निर्देशनालयले जनाएको छ । सिरहामा एक, पर्सामा दुई र सर्लाहीका एकसमेत चार जना भएका निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

    पछिल्लो तथ्याङ्कसँगै प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १०८ पुगेको छ । ती मध्ये पर्साका सर्वाधिक बढी ९१, धनुषाका चार, रौतहट, बारा र सर्लाहीका तीन–तीन, महोत्तरीका दुई र सप्तरी र सिरहाका एक÷एक छन् ।

    कोभिड–१९ रोकथाम अभियानअन्तर्गत यस प्रदेशमा शुक्रबारसम्म चार हजार ९८० को स्वाब सङ्कलन गरिएको छ । गतबुधबार, बिहीबार र शुक्रबार गरी तीन दिनभित्र एक हजार ४४ जनाको स्वाब सङ्कलन भएको उहाँले बताउनुभयो । अहिलेसम्म स्वाब सङ्कलन गरिएमध्ये तीन हजार ९२४ को जाँच नतिजा आइसकेको र त्यसमा १०८ पोजेटिभ पाइएका हुन् । एक हजार ५२ जनाको नतिजा आउन बाँकी छ ।

    सीमा क्षेत्रको आवतजावत मात्र नभएर एउटै पालिकाका एक बस्तीबाट अर्को बस्तीमा पनि आवागमनमा कडाइ गरिएको छ । अनावश्यक हिँडडुल गर्ने जोसुकैलाई कारवाही गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लामा निर्देशन गरेपछि थप कडाइ बढाइएको हो । प्रदेशमा जोखिम बढ्दै जाँदा आइसोलेसन श्ययाको अभाव खट्कदै छ । प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा ५०, प्रादेशिक अस्पतालमा ४२ र वीरगञ्जकै पोखरियामा आठ श्यया छन् । अहिले सङ्क्रमित नै १०८ पुगेपछि श्यया तत्काल थप्नुपर्ने आवश्यकता औल्याइएको छ ।

    महोत्तरीको जलेश्वर अस्पताल, सप्तरीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र बाराको कलैया अस्पतालमा कोभिड–१९ उपचारका लागि थप श्यया ब्यवस्था गर्ने भनिए पनि ती अस्पताल यस प्रयोजनमा अझै सञ्चालन हुनसकेका छैनन् ।

    प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन प्रक्रिया सघन गरिन पर्ने विज्ञले सुझाएका छन् ।

    प्रदेशमा भर्खरै दुई क्वारेन्टाइन केन्द्र थपेर १८१ बनाइएको छ । चार हजार २६७ यस्ता श्ययामा हाल एक हजार ९१५ जना रहेका छन् । त्यसैगरी स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ६८८ रहेको सो निर्देशनालयले जनाएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.