काठमाडौं: काभ्रेको धुलिखेल अस्पतालमा काठमाडौँको टिचिङ्ग अस्पतालमा सुत्केरी भएर स्वासप्रस्वासमा समस्या भएर धुलिखेल भर्ना भएकी महिलाको विहिबार राति मृत्यु भएको छ।
उनको मृत्यु कोरोना संक्रमणले हो या होइन भन्ने बारे पिसीआर रिपोर्टपछि मात्रै यकिन हुने अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए । उनी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया महिला हुन्।
उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।
ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
