काठमाडौँ: जारी लकडाउनको समयको मौका छोपी नेपाली सेनाको पोशाक दुरुपयोग गर्दै सवारी साधन चलाउने एक जना नेपाली सेनाकै भूतपूर्व भगौडा सैनिकलाई आइतबार पक्राउ गरिएको छ ।
सेनाक जंगी अड्डास्थित सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हिजो देखि सेनाको सैन्य प्रहरीले सैनिक व्यक्तिहरुको हिडडुल माथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सञ्चालन गरेको थियो ।
सोहि क्रममा जेष्ठ ४ गते गते उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसंगको समन्वयमा सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजाँच गरिएको थियो ।
सोहि चेकजाँचको क्रममा दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैर सैनिक व्यक्ति शुशिल खड्काले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी बाँसबारी ईलाका तर्फ जाने क्रममा सोधपुछ गर्दा निजले आफु गैर सैनिक व्यक्ति भएको बताएका थिए ।
अनुसन्धानको सिलसिलामा निज व्यक्ति नेपाली सेनाको सैन्य आधार तालिममा रहंदा २०६८ सालमा भगौडा परेको भनि खुल्न आएकोले निजलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको छ ।