काठमाडौं: काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको रिपोर्ट अघि बिहान पुष्टी गरेको थियो। उनको ठाउँ ठेगाना र कार्यरत संस्था बुझ्दै जाँदा उनी ग्राण्डी अस्पतालको कर्मचारी भएको पुष्टी भएको हो।
उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालु स्रोतले बताएको छ ।
अस्पताल अहिले सिल गरिएको छ भने उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी थालिएको छ । कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली अस्पताल पुगिसकेको खबर छ ।
