काठमाडौं: निशान खड्काको अपरहणपछि हत्या गरिएका प्रतिवादी अजित तामाङ र गोपाल तामाङका परिवारले बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
उनका परिवारले आफ्ना छोराहरुको प्रहरी इन्काउन्टरमा मृत्यु भएको नभई गैर-न्यायिक हत्या गरिएको भन्दै हत्या संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै उजुरी दिएका हुन् । उनीहरुले घटनाको सत्य तथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।
गएको सोमबार निशान खड़काको अपहरणपछि तामाङ द्वयले भक्तपुरको नगदेशमा बालक खड्काको हत्या गरी फरार रहेका थिए।
प्रहरीले बालकको शव फेला पारेको केहि घण्टामा नै अपहरणकारी भक्तपुरको सूर्यविनायक नजिकको जंगलमा प्रहरीको मुठभेडमा परी मृत्यु भएको भन्दै बिज्ञप्ती जारी गरेको थियो ।