काठमाडौं: रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रजिअ घिमिरेका अनुसार उनीहरु सबैजना भारतबाट नेपाल आएका पुरुषहरु हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ घिमिरेको भनाइ छ ।
प्रयोगशालाले रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आज विहान दिएको प्रजिअ घिमिरेले बताए ।
‘रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको भनेर हामीलाई आज विहान जानकारी आएको हो । उहाँहरु सबैजना भारतबाट आएका हुन्,’ प्रजिअ घिमिरेले खबरहबसँग भने, ‘सबै जना पुरुष हुनुहुन्छ भन्ने जानकारी आएको छ, उहाँहरुको हेटौंडा र टेकुमा परीक्षण गरिएको थियो ।’
