काठमाडौँ: युवा तथा खेलकुद मन्त्रालयले यस वर्ष विभिन्न संचार माध्यममा कार्यरत छ जना युवा पत्रकारहरुलाई ‘युवा पत्रकारिता पुरस्कार-२०७६’ को विजेता घोषणा गरेको छ ।
उपाधि पाउने हरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत नेपालमा खोलिएको दीगो विकास लक्ष स्टुडियोका संचालक समितिका सदस्य निरज न्यौपाने, उय्यालो पोस्ट दैनिकका खगेन्द्र अधिकारी, सीआइएन रडियोकी गीता चिमोरिया, अन्नपूर्णपोस्ट दैनिककी गङ्गा खड्का, रेडियो नेपालकी रत्न कुमारी चौधरी, र हिमाल मिडियाकी सुष्मा बराइली रहेका छन् ।
मन्त्रालयले दुई दिन अघि सो उपाधिका हकदारहरुको नाम सार्वजनिक गरेको हो । उपाधि हात पार्नेले जनही नगद ५०,००० र प्रमाणपत्र प्राप्त गर्नेछन् । कोरोना भाइरस विपत्तिको कारण विजेताहरुको रकम सिधै बैंक खाता जाने र प्रमाण पत्र भने पछि प्रदान गरिने जनाइएको छ ।
गत वर्षको सेप्टेम्बर- अक्टोबरमा उपाधिका लागि मन्त्रलायले दुई पटक गरी निवेदान माग गरेको थियो ।