पोखरा: पोखरा महानगरले सर्वत्र आलोचना भएपछि बाह्य जिल्लाबाट तरकारी नल्याउने र आएको तरकारीलाइ नष्ट गरेको अव्यवहारिक निर्णयलाई फिर्ता लिएको छ ।
तरकारी भित्राउन रोक लगाइएको र आएको तरकारी नष्ट गरेकोमा व्यापक विरोधपछि महानगरपालिकाले सोमबार छुट्टै मापदण्ड तय गरेको हो ।
महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक ६ बुदे सूचना जारी गरेको छ ।
महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्रयाउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको हो ।
पोखरा महानगरमा भएको सर्वपक्षीय बैठकको गत जेठ ११ गते एउटा निश्कर्ष गर्यो, पोखरा महानगरलाई कोरोनाबाट सुरक्षित बनाउन बाह्य जिल्लाबाट तरकारी आयात नगर्ने ।
पोखरा महानगरपालिका वडा नं. १५ का स्थानियले जेठ १५ गते तरकारी र फलफूल बोकेका ६ वटा ट्रक नियन्त्रणमा लिई डोजर बोलाएर खाल्डो खनेर गाडिदिए । पोखरा ३३ बागमारामा पनि भोलिपल्ट तरकारी तेसरीनै गरी गाडियो ।
तरकारी व्यापारीहरु लगायत जताततैबाट सामाजिक सञ्जालमा अत्यधिक विरोध सुरु भयो । धेरै असन्तुष्टि नै व्यक्त भए ।
लकडाउन लम्बिने र मंहगी बढेर दिक्क परेको बेला तेसरी तरकारी नष्ट गरेको देख्दा पोखरेलीहरु थप आक्रोश भएका हुन् । कास्कीमा कुनै जिल्लाबाट तरकारी भित्रयाउन नपाइने निर्णय गरेकोले सोहि अनुसार लागी परेको वडाअध्यक्षहरुको भनाइ छ ।
पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, पोखरा ३३ का वडा अध्यक्ष शिवप्रसाद आचायले निणर्य अनुसार तरकारी नष्ट बताउछन् ।
गण्डकी प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पनि सामाजिक संजाल मार्फत कडा शब्दमा असन्तुष्टि व्यक्त गरेका छन् ।
कोरोना भाइरस संक्रमण डर भन्दै आयातित फलफूल तथा तरकारी भित्राउन रोक लगाइएकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरेको हो ।
