Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 12
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सीमा हेर्न सशस्त्र प्रहरीको छुट्टै गण, ३९ वटा गुल्म खारेज हुने

    सीमा हेर्न सशस्त्र प्रहरीको छुट्टै गण, ३९ वटा गुल्म खारेज हुने

    पहिलोक्लिकपहिलोक्लिकJune 3, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर आउट पोस्ट (बिओपी) परिचालन हुँदै आएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन छुट्टै गण बनाउन लागिएको हो ।

     

    गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य नेतृत्वको समितिले सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरी यससम्बन्धी प्रतिवेदन बुझाएको छ । सो समितिले गत आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ब्रिफिङ गरेको थियो । गृहले सशस्त्रको नयाँ ओ एन्ड एम स्वीकृत गर्न मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

     

    बिओपीको संख्या २२१ पुग्ने

    नयाँ संरचनाअनुसार अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संंख्या दुई सय २१ पुग्नेछ । हाल एक सय २३ छ । गत २६ मंसिरकै मन्त्रिपरिषद्को बैठकले एक सय १४ वटा बिओपी थप्ने नीतिगत निर्णय गरिसके पनि कार्यान्वयन भएको थिएन । नयाँ व्यवस्थाअनुसार सशस्त्र प्रहरीमा रहेका ३९ वटा भन्सार तथा औद्योगिक सुरक्षा गुल्म खारेज हुनेछ । त्यहाँका चार हजार ६ सय ४० जनशक्तिलाई सीमा सुरक्षामा खटाइन लागिएको छ । त्यसका लागि एसपीको कमान्ड रहने नयाँ गणहरू स्थापना हुनेछन् ।

     

    ‘एउटा गणले करिब १५ वटा बिओपी हेर्नेछ,’ ओ एन्ड एम समितिमा रहेका गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसबाट सीमा सुरक्षा थप प्रभावकारी हुने हाम्रो मूल्यांकन छ ।’

    यही आर्थिक वर्षभित्र एक सय १४ वटा नयाँ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो । तर, यो वर्षभित्रै स्थापना हुने सम्भावना कम छ ।

    भवन निर्माणलगायत कामलाई सरकारबाट थप बजेटसमेत आवश्यक हुन्छ । सरकारबाट निर्णय भएलगत्तै नयाँ बिओपीहरू सीमा क्षेत्रमा स्थापना हुने सशस्त्र प्रहरीका महानिरीक्षक शैलैन्द्र खनालले बताए । पछिल्लो सीमा विवादपछि गृह मन्त्रालयले भारतसँगको सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउने योजना अघि बढाएको छ । त्यसका लागि नौ हजार थप जनशक्ति आवश्यक हुने सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरीलाई धेरैतिर जिम्मेवारी दिइएका कारण कुनै पनि क्षेत्रमा राम्रो हुन नसकेको भनेर आलोचना भइरहेको छ । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सशस्त्रको करिब पाँच हजार जनशक्ति मात्र सीमा सुरक्षामा खटिएको छ । जसअनुसार ३५ जना जनशक्ति हुने एउटा बिओपीले करिब १५ किलोमिटर सीमा हेर्नुपर्ने हुन्छ । अर्काेतर्फ आधारभूत सुविधासमेत उनीहरूलाई दिइएको छैन ।

    सीमा सुरक्षामा अब प्रविधिको धेरै प्रयोग गर्नुपर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी दुर्गा कुँवर बताउँछन् । अर्काेतर्फ सीमा क्षेत्रमा भारतको पाँच सय ३० वटा बिओपी छन् । सीमा सुरक्षा मात्र नभई सीमापार अपराध तथा चोरी तस्करी नियन्त्रण पनि प्रभावकारी हुने सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् ।

    तत्काल दरबन्दी थप नहुने
    सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउन सशस्त्र प्रहरी बलले नयाँ पाँच हजार दरबन्दी थप गर्न प्रस्ताव गरे पनि तत्काल त्यो सम्भव नभएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो असर गर्ने भएकाले दरबन्दी थप्न सक्ने अवस्थामा सरकार छैन ।

    Facebook Comments Box

    सशस्त्र प्रहरीको छुट्टै गण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.