काठमाडौँ: केहीबेर अघि संयुक्त अरव इमिरेट्स (युएइ) बाट १६८ जना नेपाली नागरिक लिएर नेपाल अवतरण गरेको छ ।
युएईको सारजहाँ एयरपोर्टबट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले विमान ५ः३८ ल्याण्ड गरेको जानकारी दिनुभयो ।
यस अघि अन्तिम समयमा भाडाको बिषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो । साे विमानमा एक जनाका शव पनि रहेकाे विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरि नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।
