स्याङ्जा: स्याङ्जाका कोरोना संक्रमित एक वृद्धको उपचारकाे क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको हो ।
संक्रमित पुरुषमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो ।
