काठमाडौँ: देशमा कोरोना भाइरस जांच गर्ने पोलिमर्स चेन्ज रियाक्सन (पीसीआर) जम्मा २१ वटा मात्रै रहेको र त्यसैले अहिले जांच भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
उनले संसदमा आज विनियोजन विधेयकको अन्तिम दिनमा संसदमा उठेको प्रश्नको जवाफ दिंदै भने, त्यस्तै कतै मेसिन छ भने, त्यसको पाटपुर्जा अरु कतै पुगेको छ, प्रम ओलीले भने ।
मान्छे कम मर्नु नै ठुलो कुरा हो जुन लकडाउनले गर्दा नै सम्भाएको भएको प्रम ओलीले बताए।
कोभिड बिश्वमा एउटा बाँध फुटेको जस्तो गरी आएको र एकै पटक क्यारेण्टिन ठुलो मात्रामा बनाउन सहज, सस्तो बिषय थिएँन नेपाललाई। उनले भने २५ देखि ३० लाख नेपाली अझै विदेशमा रहेको र त्यसको पूर्ण तयारी गर्न नेपाल पूर्ण रुपले तयार थिएन र अहिले देशभर क्य्वारेण्टिन को अवस्था राम्रो बन्दै गएको छ।
कोभिड दलिय बिषय होइन यो साझा बिषय हो। यस्तै कोरोनाको अवस्थामा बजेट आयो जुन यसको नियन्त्रण र स्वास्थ्य क्षेत्रमै केन्द्रित छ, उनले भने।