काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोनाका लागि खर्च भएको १० अर्वको हिसाब किताव सरकारले हरेक वर्ष बुझाउने सरकारको प्रतिवेदन र महालेखा परीक्षाको कार्यालयमा खुलस्त रुपमा आउने बताए।
कोरोनाको खर्चको हिसाव कित दुरुस्ता आउँछ त्यसको अहिले चिन्ता नलिउँ बरु कोरोनाको चिन्ता गरौँ- प्रम ओलीले भने।
यस्तै, प्रम ओलीले अहिले देशभित्र भारतबाट आएका ८५ प्रतिशतभन्दा बढी नेपाली व्यक्तिमा कोरोना संक्रमण बढेको बताए। त्यसैले हाम्रोमा अहिले एउटा बाढी जस्तै आयो र एकै छोटी पीसीआर र आरडीटी गर्नु पर्ने जिम्मेवारी बढ्यो।
जेठ महिनाको अन्तिम सातसम्ममा मात्रै भारतबाट २ लाख २२ हजार ६१४ जना नेपाली नेपाल छिरेको उनले बताए।